Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।  सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् ।यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए। त्यहाँ उनले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरी प्रार्थना गरे।  नरेन्द्र मोदीले ट्विट गर्दै स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। मोदीले लेखेका छन्, सबै देशवासीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना, जय हिन्द।’

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ । यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।  दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो…

Read More

धनगढी : धनगढीको बोराडाडी चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुप्र.प.०१-०१ख २७८१ नम्बरको ट्रक र सोही दिशा तर्फ तीव्र गतिमा आइरहेको से. ७ प. ६०८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घटनास्थल प्रहरी पुगेर घाइतेलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पतालमा पठाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ भने प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

Read More

धनगढी: सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु सडक प्रदर्शनमा उत्रिएका छन्। आज (बिहीबार) नेताहरुले धनगढी प्रदर्शन गरेका हुन्। अनेरास्ववियु सुदूरपश्चिमले प्रदर्शनसहित विपिन जोशीको रिहाईका लागि हस्ताक्षर अभियान थालेको जनाएको छ। प्रदेश अध्यक्ष मनोजराज राईका अनुसार इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइका लागि प्रदर्शन तथा अभियान थालिएको हो। सोही क्रममा आज अनेरास्ववियुले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि बृहत हस्ताक्षर संकलन अभियान सम्पन्न गरेको छ। धनगढीमात्र नभएर सुदूरपश्चिमका सबै जिल्लामा वृहत हस्ताक्षर संकलन अभियान सन्चालन गरिने जनाइएको छ। सरकारले उनको रिहाइ गर्न पहल गर्नुपर्ने उनीहरूको भनाई छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-३…

Read More

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) कै नाममा ठगी गरेको पाइएको छ। उनको नाम लिएर पत्र कीर्ते गरेर ठगी हुन थालेको पाइएको हो। तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको आरोपमा हालै दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगञ्जले इलामका भक्तबहादुर लिम्बु र सर्लाहीका मधुसुदन झालाई पक्राउ गरी लिखत कीर्ते मुद्दा दायर गरेको छ। प्रहरीको प्राविधिक जवान पदमा भर्ना भई पछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्। त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका…

Read More

काठमाडौं: उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रहेका उनको गएराति उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो। न्यायाधीश रेग्मीको निधनको शोकमा आज अदालतको सबै कामकारबाही बन्द गरिएको उच्च अदालत पाटनका प्रवक्ता एंव उपरजिट्रार विमल पराजुलीले जानकारी दिए। मृतक रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। पर्वत स्थायी घर भएका उनी ६१ वर्षका थिए। न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनी केही समययता उपचाररत थिए।

Read More

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्। त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही…

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्काले आतंक मच्चाएको पाइएको छ। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको पाइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको र अहिले विभागका घटना छानबिन गर्न समिति नै गठन गरिएको बताइन्छ। विभागका आइजीको आडमा खड्काले धन्दा चलाएको आरोप छ। एसपी खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको बुझिएको हो। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो। उनीहरूले आरा मिल, इँटाभट्टा, रेस्टुरेन्ट, अवैध धन्दाका…

Read More

काठमाडौँ : बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ। ढाकाको न्यु मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो। १६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन्।

Read More

काठमाडौं : काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ। सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । आइतबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३/२ ले पराजित भएको थियो ।

Read More