Author: महेन्द्रनगर पोष्ट

-आभुषण तिम्सिना नेपाल प्रहरीका केही थान डिआइजीपी साबहरुको सरुवा भएछ। सामाजिक सञ्जालमा फोटो राखेर बधाइ दिने प्रतिस्पर्धा नै चलेको छ छ्यापछ्याप्ति। अहिले सरुवा हुनुभएका डिआइजीपी साबहरुको जागिर प्रहरीमा ३० बर्षे नहटेको परिस्थितिमा गन्तिका हिसाबले धेरै जसोको १२ महिना पनि छैन। नयाँ जिम्मेवारिमा जाने डिआइजीपी साबहरुले पनि बिगतका हाकिमहरुकै शैलीमा काम गर्ने हो भने सरुवाको जोस केही दिनमै बेहोसीमा बदलिने छ। फरक ढंगले काम गर्नका लागि केहि सुझाव दिन चाहन्छु । १) नेपाल प्रहरीका अनुसन्धान गर्ने प्रहरी कार्यालयमा देशभरी गरेर हजारौं मुद्दा पेण्डिङमा छन। कर्तव्य ज्यान, जबरजस्ती करणी, सवारी ज्यान, लागुऔषध कारोवार जघन्य अपराधका देखी लिएर आम जनसाधारण पिडित भएका ठगी,…

Read More

डोटी : सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डोटी र डडेल्धुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए । डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेल्धुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए । त्यस्तै डडेल्धुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब…

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्दै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिए । सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उनले उल्लेख गरे । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको जानकारी गराउँदै उनले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताए । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक…

Read More

काठमाडौं : मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट करोडौं नेपाली रूपैयाँ फेला पारेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार बरामद भएको अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ गनेर सकिएको हो । अझै विदेशी पैसा गन्न बाँकी रहेको छ । बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा मंगलबार साँझ सिआइबीको टोली छापा हानेको थियो । साथै उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरिएको सिआइबीले जनाएको छ । पक्राउ परेका बम्जनलाई महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा राखिएको छ । उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।…

Read More

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै झै झगडा हुने गरेका घटना बाहिरिएका छन्। थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको हो। यही पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाए। उनले थापाको दात नै हल्लिने गरि कुटेको, छाती र खुट्टामा पनि चोट लागेको उनका बुवा बताउँछन्। लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाको गुनासो छ। उनले छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताए। शाहीले भित्र भएको…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१३ एकता टोलस्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो । आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान छ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कैलाली : इन्धन किनेबापत घुस माग्ने गरेको आरोप लागेपछि आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उनले १ लाखसम्म माग्ने गरेको खबर सतहमा आएपछि निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् । उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ । उनको ठाउँमा नयाँ डिपो प्रमुख भने पठाइएको छैन । डिपोका प्रमुख मोहनकुमार साहले घुस नदिए पेट्रोलियम व्यवसायीलाई इनधन नै नदिने गरेको आरोप लागेको थियि। उनले डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लग्ने निजी ट्यांकरधनीबाटे मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको हो।…

Read More

कैलाली : कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ। गोदावरी नगरपालिका-६ लालपुरस्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाएको बताएको छ।

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

Read More