Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ। सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्। कुल एक सय ६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका छन्। ८० खेलाडीमध्ये सुदूरपश्चिम घर भएका २३ जना अटाएका छन्। कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले अक्सनमार्फत १० खेलाडी खरिद गरेको छ। उसले रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित…

Read More

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ। सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो।  नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिए। “सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ”, उनले भने, “अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ।”  इञ्जिनियर केसीका अनुसार…

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन्। अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्यले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन्। त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन्। अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको…

Read More

काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ। आज बिहान ०६: १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए। आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो।  घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने…

Read More

काठमाडौं: कोशी राजमार्गको मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आज (आइतबार) दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो। पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको जानकारी दिए। उनका अनुसार संखुवासभा घर भएका…

Read More

काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराएका हुन्। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु लगायतको उपस्थिति रहेको बताइन्छ। यसअघि सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहेका राउत संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश नियुक्त भएका थिए। २०१७ चैत्र १८ गते उदयपुरमा जन्मनु भएका राउतले २०८२ चैत्र १६ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका–७ सुडामा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०७७ नम्बरको स्कुटर शनिवार दुर्घटना हुँदा पछाडि सवार भीमदत्त नगरपालिका–१८ गोबरैया बस्ने २३ वर्षीय भुवन भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २४ वर्षीय खेम भट्ट घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर आफै अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यहाँ कल्भर्ड अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन…

Read More

काठमाडौं: प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  संवैधानिक परिषद्ले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। असोज १६ गते संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो। नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो साढे एक बजे शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।

Read More

काठमाडौंः नेपाल प्रहरी अस्पतालकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन्। प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा। शिवानिस सिंह वैशाखदेखि सम्पर्कविहीन भएकी हुन्। चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन्। त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृह मन्त्रालयले जनाएको छ। वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ। यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने…

Read More

काठमाडौंः नेपाल प्रहरीका एक डिएसपीको काज सरुवा गरिएको छ। चितवन टाँडीका डीएसपी हेम केसी तानिएर जर्गाहा पुगेका हुन्। इलाका प्रहरी कार्यालय टाँडी प्रमुखको जिम्मेवारीमा डिएसपी रन्जन अवा पठाइएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दानबहादुर कार्कीले बताए। सप्तरीबाट अवालाई त्यहाँ पठाइएको हो। केसीलाई कमान्ड गर्न नसकेको भन्दै तानेको बताइएको छ।

Read More