Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ ९क्यान० जनाएको छ। फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ। अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्। अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ। लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करणमा नेपाल…

Read More

डडेल्धुरा : डडेल्धुराः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका छन्। ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत बिहीबार बेलुकी डडेल्धुरा पुगेका ओलीले शुक्रबार ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका हुन्। अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा रहेको अमरसिंह थापाको शालिकमा माल्यार्पणसमेत गरे। अमरगढी किल्लामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले स्वागत गरेका थिए। ओलीले अमरसिंह थापाको शालिकलाई ठूलो बनाउन नगरप्रमुख जोशीलाई आग्रह पनि गरे। ‘मेयरसा’प यो शालिक भएन। अलि ठूलो शालिक बनाउनुहोस्। नेपाल एकीकरणका क्रममा अमरसिंह थापाले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने। माल्यार्पणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले…

Read More

डडेल्धुरा/महेन्द्रनगर : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक ७ हजारमै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो । सिंगल ब्यान्डको उक्त प्याकेजमा एक वर्षसम्मको टेलिभिजन प्याकेज चलाउन सकिने कम्पनीले जनाएको छ । यस्तै ८ हजार ५ सयमा डबल ब्यान्डको ५० एमबीपीएस गतिको इन्टरनेट र टेलिभिजन प्याकेज पाइने बताइएको छ । यस्तै ७ हजारमा डबल ब्यान्डको वार्षिक इन्टरनेट प्याकेज पाइने भायानेट कम्युनिकेसन डडेल्धुराका शाखा प्रवन्धक सजन सिंह ठकुरीले बताए । साथै एक महिनाका लागि ५० एमबीपीएस गतिको इन्टरनेट १ हजार १ सयमै…

Read More

डडेल्धुराः केही समय अगाडि काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका नेता प्रदिप पन्त पुनः एमालेमै फर्किएका छन्। राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा शुक्रबार बसपार्कमा आयोजित सन्देश सभामा पन्त पुनः एमालेमै फर्किएका हुन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शिर्षस्त नेताले पार्टीमा स्वागत गरेका थिए। स्वागतकै क्रममा अध्यक्ष ओलीले पन्तलाई सुन्तलाको दानो दिएका थिए। काँग्रेस प्रवेश गर्नु अघि पन्त एमाले डडेल्धुराका सहसचिव थिए।

Read More

डडेल्धुरा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्त्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयासमा लागिरहेको बताएका छन्। राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा यस्तो बताएका हुन्। उनले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा लागेको टिप्प्णी गरेका छन्। ‘१५ वर्षअघि सकिएको राजतन्त्रलाई चिहानबाट फर्काउन भूतप्रेतवादी तत्त्वहरु सलबलाएका छन्’ उनले भने।

Read More

बझाङ : ‘घरमा छोराछोरीले दसैँका बेला मासु खाने आशा गरेका थिए । यो वर्ष मासु खुवाउन सकिएन ।’ गत वडा दसैँको नवमी दिन बिहान खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका फिट्टु खड्काले फोनमा सुनाएका थिए । उनको घरमा गत वर्षयता मासुले प्रवेश नपाएको रहेछ । ‘छोराछोरीलाई विद्यालयबाट काम गरेको पैसा आउँछ । यो वर्ष त दुई किलो नै खसीको मासु ल्याउँछु भनेको थिएँ । हिजो (अष्टमी) दिउँसोसम्म हजार रूपैयाँ भए पनि दिनुस् भनेर बिलौना गर्दासमेत अध्यक्षले पैसा दिनुभएन । छोराछोरीलाई ठगेजस्तै भयो ।’ सबैको घरमा मासु पाक्ने भएपछि आफ्नो घरमासमेत पाक्ने आशमा हौसिएका छोरा छोरीलाई सान्त्वना दिने वातावरण नै नभएको उनले सुनाए ।…

Read More

डडेल्धुरा : राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा अहिले केपी शर्मा ओली देश दौडाहमा छन्। सोही क्रममा बिहीबार उनी बैतडी हुँदै डडेल्धुरा पुगे। बिहीबार अमरगढी नगरपालिका–८ स्थित रातो गुँरास रिसोर्टमा बसेका उनी शुक्रबार अमरगढी नगरपालिका–५ स्थित अमरगढी किल्ला अवलोकन गर्न पुगे। किल्लामा रहेको अम्मरसिंह थापाको सालिकमा माल्यार्पण गरेका ओलीले नेता, कार्यकर्ता र शुभचिन्तकसँग फोटो खिचाए। उनीसँग फोटो खिच्नेको तछाडमछाड नै लाग्यो। त्यसपछि बसपार्कमा सन्देश सभा कार्यक्रममा सम्बोधन गरेका उनले कार्यक्रम समापन पश्चात पनि सहभागीसँग फोटो खिचे। हेर्नुहोस् ओलीसँग फोटो खिच्नेको ‘तछाडमछाड’

Read More

डडेल्धुरा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन्। राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरेका हुन्। ‘हामी अहिले मिसन ८४ भनिरहेका छौं। यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ,’ उनले भने, ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं। यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’…

Read More

कैलाली : बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्ने स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा परेर लम्कीचुहा– १ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ । अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ । मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीसँग् उनीहरुको झडप परेको हो । बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय…

Read More

गोदावरी: धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ। धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उनले बताए। द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो। कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको…

Read More