Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा निकासा गर्ने भएको छ। नगरपालिकाले आगामी माघदेखि शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले माघदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले यो सँगै अन्य पाँच निर्णय गरी बिहिवार कार्यभार समालेका हुन्। नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा अब भने मासिक तलब निकासा गरिने भएको हो।

Read More

पोखरा : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए । उनले भने, ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन्…

Read More

पेरिस : संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआका लागि उडेको एउटा विमान फ्रान्समा अवतरण गराइएको छ । मानव तस्करी भएको आशङ्कामा विमान अवतरण गराएर अनुसन्धान थालिएको जनाइएको छ । एएफपीका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने रहेको अनुमान छ । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको…

Read More

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतहरु हङकङ प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा नेताहरु शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन्। हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्। लिङ्देनलगायतले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ। अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

Read More

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक दोधारमा उभिएको बताएका छन्। शनिबार काठमाडौंमा सुरु कांग्रेस बागमती प्रदेश सम्मेलनमा देउवाले मुलुक संक्रमणकालमा रहेको बताएका हुन्। भन्ने कुरा धेरै छैन भन्दै देउवाले भने, ‘कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपतिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ, यो महत्त्वपूर्ण कुरा हो।’

Read More

काठमाडौं : पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ।’ डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ। कोभिड–१९ का नयाँ संक्रमित एक लाख १८ हजार भन्दा बढी अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ । डब्लूएचओले मानिसहरूलाई उपलब्ध…

Read More

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए मकरबहादुर। मकरबहादुरले यसपालि १६८ मुरी धान उब्जाएका थिए। सोही कारण त्यस दिन उनलाई स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो। सम्मान कार्यक्रममा उपस्थित सबैले ५६ वर्षीय मकरबहादुर र उनकी ६० वर्षीय श्रीमती टीकामायाको मेहनतको प्रशंसा गरिररहेका थिए। फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँ पुरस्का दिने घोषणा…

Read More

काठमाडौं : ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो। ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए। कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो। यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी…

Read More

छान्ना : बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन। निर्माण व्यवसायीको लापरबाहीका लागि सडक निर्माण गर्ने योजना अधुरै छ। खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने बनाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजारमा ट्र्याक खोल्न २०७७ पुसमा सम्झौता…

Read More

काठमाडौं : कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए।

Read More