Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराएका हुन्। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु लगायतको उपस्थिति रहेको बताइन्छ। यसअघि सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहेका राउत संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश नियुक्त भएका थिए। २०१७ चैत्र १८ गते उदयपुरमा जन्मनु भएका राउतले २०८२ चैत्र १६ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका–७ सुडामा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०७७ नम्बरको स्कुटर शनिवार दुर्घटना हुँदा पछाडि सवार भीमदत्त नगरपालिका–१८ गोबरैया बस्ने २३ वर्षीय भुवन भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २४ वर्षीय खेम भट्ट घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर आफै अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यहाँ कल्भर्ड अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन…

Read More

काठमाडौं: प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  संवैधानिक परिषद्ले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। असोज १६ गते संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो। नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो साढे एक बजे शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।

Read More

काठमाडौंः नेपाल प्रहरी अस्पतालकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन्। प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा। शिवानिस सिंह वैशाखदेखि सम्पर्कविहीन भएकी हुन्। चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन्। त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृह मन्त्रालयले जनाएको छ। वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ। यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने…

Read More

काठमाडौंः नेपाल प्रहरीका एक डिएसपीको काज सरुवा गरिएको छ। चितवन टाँडीका डीएसपी हेम केसी तानिएर जर्गाहा पुगेका हुन्। इलाका प्रहरी कार्यालय टाँडी प्रमुखको जिम्मेवारीमा डिएसपी रन्जन अवा पठाइएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दानबहादुर कार्कीले बताए। सप्तरीबाट अवालाई त्यहाँ पठाइएको हो। केसीलाई कमान्ड गर्न नसकेको भन्दै तानेको बताइएको छ।

Read More

घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन्। किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन्। यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए। “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो। कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो। भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उनले भने । घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए। उनले भने, “पाँच हजार…

Read More

धनगढीः नेकपा एमालेका सचिव लेखराज भट्टले एक अन्तर्वार्तामा आफूबारे भ्रमपूर्ण कुरा गरेको भन्दै एमाले नेता भीम रावलले त्यसको खण्डन गरेका छन्। एमालेको मुलधारबाट बाहिर रहेका नेता रावलसँग कुरा गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र नेता कर्ण थापालाई जिम्मेवारी दिएपछि सो टोली र रावलबीच भएको कुरालाई लिएर अहिले रावल र भट्टले फरक फरक दाबी गरेका छन्। एमालेले बनाएको टोलीसँगको २ घण्टाको कुराकानीमा आफूले त्यहाँ आएका नेताहरूसँग व्यक्तिगत केही कुरा नभएको र केही विधिगत, वैचारिक कुरा भएकाले अध्यक्षसँगै कुरा गर्ने बताएको तर अहिले भट्टले भने ‘तपाईंहरूसँग केही छैन, मेरो कुरा अध्यक्षसँग हो’ भनेको भनी…

Read More

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीदेखि सचिवसम्मलाई निर्देशन नै निर्देशन दिएका छन्। प्रदेश सरकारको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनले ८ बुँदे निर्देशन दिएका हुन्। शनिवार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, मन्त्रालयका सचिवहरूको उपस्थिति थियो। सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट जारी भएको ४ बुँदे सहमति स्पष्ट पालना गरी कृषि कार्यक्रमका नाममा यदि कुनै व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न र प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनैपनि योजना उपभोक्ता समितिबाट नगर्न र नगराउन मुख्यमन्त्री शाहको पहिलो निर्देशन छ। उनले सुदुरपश्चिम प्रदेश निजामति कर्मचारी संशोधित ऐन संसदबाट…

Read More

काठमाडौं: नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती…

Read More

धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर नाका हुँदै भन्सार छलीको सामान छिराएर नेपाल प्रहरीले सशस्त्र प्रहरीका कर्मचारी नै कारबाहीमा परेको विषय अहिले चर्चामा छ। उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ। उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए। कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन्। उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ। उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ। उनीहरूले त्रिनगर भन्सारस्थित सशस्त्र प्रहरीका डीएसपीकै सेटिङमा सामान…

Read More