Author: महेन्द्रनगर पोष्ट

टीकापुर: कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैंले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए। ‘एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौं’, अध्यक्ष गिरीले भने, ‘हजारौं किसान सहभागी छौं। यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।’ उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नदीप्रभावित क्षेत्रका बासिन्दाले नदीजन्य पदार्थमा अग्राधिकार कायम गरिनुपर्ने माग अघि सारेका छन् । चुरे क्षेत्र भएर बग्ने गौडी, घरकटुवा र अनौखी खोलामा नदीजन्य पदार्थ सङ्कलन र उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण प्रतिवेदन तयारीका लागि आयोजित छलफलका वक्ताले नदीप्रभावित क्षेत्रका बासिन्दाको हितलाई ध्यानमा राखेर मात्रै कार्य अगाडि बढाइनुपर्ने माग गरेका हुन् । नगरपालिका-८ पारिफाँटाका वन वातावरणका क्षेत्रम लामो समयदेखि क्रियाशील केशवसिंह धामीले वातावरण र बस्तीलाई असर नपर्ने गरी नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी उत्खननको कार्य गरिनुपर्ने बताए । प्राकृतिक साधनस्रोतमा पहिलो अधिकार स्थानीय बासिन्दाको हुनुपर्ने उनले बताए । “नदीप्रभावित क्षेत्रका बासिन्दाको हितलाई पहिलो प्राथमिकतामा राखेर कार्य…

Read More

जाजरकोट : गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५…

Read More

महेन्द्रनगर : बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन् । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन् । “अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिनुभएकी रोजीले भनिन्, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।” सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज लाग्दै छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। देहिजातको रूपमा मानिने उग्रतारा…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका समिति सभापति छनोट हुन नसक्दा प्रदेश सरकारका काम कारबाहीको नियमन र निगरानी हुन सकेको छैन। नेतृत्वको अभावमा समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प छन् । प्रदेशसभामा रहेका चारवटा विषयगत समितिका पदाधिकारी सदस्य चयन गरिए पनि समितिका सभापति अहिलेसम्म चयन हुन सकेको छैन। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले समितिको नेतृत्व नहुँदा समितिको कामकारबाही ठप्प भएको र संसदीय निगरानीसमेत रोकिएको बताए । उनले भने, “प्रदेशसभाको पहिलो कार्यकालको पाँचवर्षे अवधिमा प्रदेशसभाका सदस्यहरुको सक्रियता देखिन्थ्यो, जनताको चासो पनि थियो, दोस्रो कार्यकालको यो प्रदेशसभाका कामकारबाहीप्रति कसैले पनि त्यति चासो नदिँदा सरकार आफूखुसी स्वतन्त्र ढङ्गबाट अघि बढिरहेको देखिन्छ ।”  प्रदेशसभालाई…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ : हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्धविरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् । इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको आज अन्तिम दिन हो । इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन । इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्झौताको तेस्रो दिन हमासले बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेको केही घण्टापछि हमासले लामो युद्धविरामका लागि तयार रहेको…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई १ लाख जरीवाना तिराएको छ । सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालिद्वारा बजारमा ल्याइएको सिल गरिएको बोटलको पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो भने इन्डस्ट्रिजलाई सुझाव समेत दिएको छ । अनुगमन समितिले पानी कम्पनीलाई आगामी दिनमा पानीको बोतलमा ध्यान दिन सुभाव दिँदै पानी भर्नुअघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको सरुवा भएको छ। हिजोमात्रै ढकालको सरुवा प्रदेश नीति तथा योजना आयोग बाग्मती प्रदेश कार्यालयमा भएको हो। सुदूरपश्चिम आएको छोटो समयमै हिजो उनको सरुवा भएपछि गणेश सिंहले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगको टसलका कारण ढकाल आफैं सरुवाका लागि धाइरहेका थिए। मन्त्रालयमा आएदेखि मन्त्री झपट साउदले सचिवलाई अनावश्यक दबाब दिदै आएकाले उनी आजित बनेर सरुवाका लागि लागिरहेका थिए। केही समय अगाडी मात्रै कर्मचारीहरु सरुवाको क्रममा मन्त्री साउदले सचिव ढकाललाई प्रेसर दिएर सरुवा गर्न लगाएको भन्दै उनीहरुको टसल झन बढेको मन्त्रालय स्रोतको दाबी छ। उता मन्त्रीलाई पनि सचिव ढकालको सरुवाले…

Read More