Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली : विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ। बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गरेका छन्। उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको थियो। रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था ठिक रहेको छ। पछिल्लो १६ दिनमा सुरुङमा फसेका मजदुरलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड…

Read More

काठमाडौं: रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्र्की, दोलखा मेलुङ ६ सुनारपानीका राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन्। नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको थियो। त्यसपछि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो। रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर गते मृत्यु भएको हो।

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन  संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् ।    अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामा समेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष २०८०–८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो ।  ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबिबिएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले…

Read More

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन्। उनी  धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन्।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च…

Read More

कञ्चनपुर : कञ्चनपुरमा घर बनाउने क्रमममा एक मिस्त्रीको ज्यान गएको छ । आज दिउँसो बेलडाडी -३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाडि गाउँ पालिका-३ बैवाहाका मिस्त्री २८ वर्षिय सन्तोष डगौराको मृत्यु भएको हो । सन्तोष ठेक्का लिइ घर निर्माणको गरिरहेका थिए । आफैले निर्माण गरेको सिढी खस्दा घाइते भएका सन्तोषको उपचारको क्रममा धनगढीको निसर्गमा मृत्यु भएको हो । शवको पोस्टमार्टमका लागि सेतीमा लगिएको छ ।

Read More

काठमाडौं : भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

Read More

धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षती भएको छ। प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : रूसी सेनामा भर्ती भएर युक्रेन युद्धमा रसियाको तर्फबाट खटिएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनविरूद्धको युद्धका क्रममा उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको रूसस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलामको इलाम–५ का गंगाराज मोक्तान छन्। नेपाली दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ। रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू रूसी सेनामा आबद्ध भएको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो। मृतकमध्ये…

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आईपुगेका छ। उनी मङ्गलवार (आज) साँझ धनगढी आई पुगेका हुन्। मङ्सिर १४ गतेबाट नेकपा एमालले बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली आज साँझ धनगढी आईपुगेका हुन। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माका अनुसार उनीहरु भोलि बैतडी जाने छन। मङ्सिर १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,…

Read More