Author: महेन्द्रनगर पोष्ट

धनगढी : गरिमा विकास बैंकको १७औं वार्षिक उत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ। बिहीबार धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको ब्रान्च म्यानेजर हर्कबहादुर धामीले बताए। बैंकले देशैभर सामाजिक कार्य गर्दै बार्षिक उत्स्व मनाएको छ। सोही क्रममा धनगढी शाखाले पनि सेती अस्पतालमा फलफूल वितरण गरेको हो।

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्यामा संलग्न व्यक्तिको पहिचान खुलेको छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जोशीकोे १९ कार्तिकमा हत्या भएको थियो। हत्यामा सोही ठाउँका महेश डगौरा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जानकारी दिए। विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको एसपी थापाले बताए। लागुऔषधका प्रयोगकर्ता समेत रहेका डगौरा अपराधिक क्रियाकलापमा संलग्न थिए। उनले १४ कार्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए। उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए। एसपी थापाका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा…

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेका हो। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबीबीएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ।

Read More

काठमाडौं : बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ। त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो। युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ। झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ।

Read More

दार्चुला : दार्चुलाको दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना भएको छ। आज बिहान काटै खोलामा जीप दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा महाकाली नगरपालिका- ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट, महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू सामान्य घाइते भएको उनको भनाइ छ। त्यस्तै, महाकाली…

Read More

काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ। आज बिहान बसेको क्याविनेट बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो। नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेका पाण्डेले विवाद चर्किएपछि राजीनामा दिएका थिए। व्यक्तिगत कारण देखाएर उनले बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। क्याविनेट बैठकले उर्जा सचिव दिनेश घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज मृत्यु भएको हो। विद्यालयमा पढाउने बेला उनी एक्कासी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए। ४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो। ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। लडेर टाउकोमा गम्भीर चोट लागेपछि नशामा रगत जमेको अस्पताल श्रोतले जनाएको थियो। टाउकोको अप्रेशन पश्चात पनि उनी होसमा आएका थिएनन्। र, आज विहान ६ बजे तिर उनको मृत्यु भएको कुरुवामा खटिएका शिक्षक बमबहादुर बुढाले जानकारी दिए। अचेत अवस्थामा अस्पताल…

Read More

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ। भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ। सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार मंसिर १० गते आइतवारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने छन्। ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल…

Read More

धनगढी : कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गर्ने भएको छ। मंसिर ९ गते (नोभेम्बर २५)आफ्नो १०३ औं स्थापना दिवसमा विश्वविद्यालयले कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गर्न लागेको हो। लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लेखकले लखनउ विश्वविद्यालयमा बिए, एमए र एलएलबी (कानुन) को अध्ययन गरेका थिए। पूर्व भौतिकमन्त्री समेत रहेका लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत हुन्।

Read More

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि(शुक्रबार) स्थानीय बिदा दिएको छ। भोलि लाटागन्यापमा हुने प्रसिद्ध बडाल जाँतको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ। लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ। डडेल्धुरा लगाएत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन्। ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो…

Read More