धनगढी : कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गर्ने भएको छ।
मंसिर ९ गते (नोभेम्बर २५)आफ्नो १०३ औं स्थापना दिवसमा विश्वविद्यालयले कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गर्न लागेको हो।
लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लेखकले लखनउ विश्वविद्यालयमा बिए, एमए र एलएलबी (कानुन) को अध्ययन गरेका थिए।
पूर्व भौतिकमन्त्री समेत रहेका लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत हुन्।
Facebook Comments Box