Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

बैतडी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उद्घाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले बुधबार साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् । मन्दिरको दर्शनपछि ओली सन्ध्याकालीन आरतीमा समेत सहभागी भएका थिए । सन्ध्याकालीन आरतीमा सहभागी भएका ओलीलाई प्रसाद स्वरूप तामाको गाग्री प्रदान गरिएको थियो । एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेका थिए । त्यसलगत्तै अध्यक्ष ओलीले एमाले जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न पुगेका थिए । यस अघि आजै बैतडी पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि अध्यक्ष ओलीले संशोधन गरेका थिए…

Read More

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन आज (बुधबार) साँझ संयुक्त अरब इमिरेट्स तर्फ प्रस्थान गरेका हुन् । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्नेछ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

Read More

काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर…

Read More

काठमाडौं : तिहार मनाउन छोडिएकासहित झण्डै दर्जन सैनिक फरार भएपछि प्रहरीले खोजतलास थालेको छ । गत कात्तिक २४ गतेबाट मंसिर ३ गतेसम्म तिहार बिदामा छोडिएका सैन्य मानबहादुर पञ्जियार बेपत्ता छन् । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १७ का टंकराम पञ्जियारका नाति एवं नेजलाल पञ्जियारका छोरा उनी भगौडामा परेका छन् । अस्थायी ब्याच नम्बर ४६७५९ भएका उनलाई कहीँ–कतै भेटेमा समातेर उपस्थित गराउन भनिएको छ । त्यसैगरी,उनीसँगै तालिमरत सैन्य रजनिश यादव पनि सम्पर्कविहिन छन् । उनी रौतहटको सुमुनामाई गाउँपालिका वडा नम्बर २ का जगन्नाथ राय यादवका नाति एवं रामसेवकका छोरा हुन् । उनी पनि सि।सं।२६ सैन्य आधार तालिममा तालिमरत थिए । सिन्धुलीको…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायीले अख्तियारमा उजुरी दिएका छन्। इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन रानाले अख्तियारमा उजुरी दिएका हुन्। रानाले बुधबार इन्जिनियर अवस्थीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन्। अवस्थीले मंगलबार रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि ठेकेदार अख्तियार गएका हुन्। ठेकेदार रानाले अख्तियारमा दिएको उजुरीमा इन्जिनियरले पालिकामा विभिन्न योजनाबाट कमिसन खाएर गुणस्तरहीन योजना पास गरेको आरोप लगाएका छन्। खर्रा नालामा २ लाख कमिसन खाएको, कमिसनकै कारण निर्माणाधीन १० शय्याको अस्पताल अलपत्र पारेको, आव ०७९/८० मा इन्जिनियरले निकटलाई…

Read More

बझाङ : बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भुकम्प धक्का महसुस गरिएको हो । सदरमुकाम चैनपुर आसपास केन्द्र बिन्दु भएर ४.१ रेक्टरस्केलको भुकम्प गएको हो । उक्त गत असोज १६ गते गएको भुकम्पको पराकम्प रहेको भुकम्पविद लोकबिजय अधिकारीले बताए ।

Read More

काठमाडौँ : अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर’प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। अस्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन भएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ठ भएको हो। नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘हाम्रो ग्रृह बचाऔं इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो। भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ। सो अवसरमा…

Read More

कैलाली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धि रोकिएको टिप्पणी गरेका छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले हिजोका सबै विकासका गति रोकिएको बताएका हुन् । २०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणले विश्वले प्रसंशा गरेको र कोभिड संक्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको ओलीले बताए । ती सबै सुधारको प्रयास देखेरनै असंवैधानिक ढंगबाट सरकार ढाकिएको ओलीको जिकिर थियो । पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुन्थ्यो । हामिले दैनिक ५ किलोमिटर सदक बनायौ । पहिले एक वर्षमा भएको…

Read More

काठमाडौँ : नेकपा एमाले मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले प्रधानमन्त्रीले अधिकार दिन नचाहेकाले सडक आन्दोलन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद ठाकुरले सङ्घीयता रहे मात्र आफूहरुरहने बताए । ‘सङ्घीयता रहेन भने हामी किन रहने रु कसरी रहने ?’, उनको प्रश्न थियो, ‘सङ्घीयतालाई स्थापित र मजबुत पार्न सडक आन्दोलन गरौँ ।’ सांसद ठाकुरले भोलिदेखि नै सडकमा १०७ सांसद उभिएर केन्द्रीय सरकार र प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न पनि सबै दलका सांसदहरूलाई आग्रह गरे । उनले आफू अहिले नै संसदमा उभिएर प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न चाहेको र सभामुखमार्फत् प्रधानमन्त्रीलाई जाहेर गर्न चाहेको बताए । सङ्घीयता कार्यान्वयन गर्न…

Read More