Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा मासुको अचार उद्योग सञ्चालनमा आएको छ। धनगढी उपहानगरपालिका-१९ फुलबारीस्थित पच्चीसघरमा नन्द भाउजूले ‘हाम्रो नेपाली मिठो अचार’ नामक अचार उद्योग सञ्चालनमा ल्याएका हुन्। पच्चीसघरका नन्दभाउजू नाता पर्ने रिना बस्नेत र शान्ति कार्कीले मासुलगायत एघार किसिमको अचार उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा ल्याएका छन्। धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबारबाट आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन्। करिब एक लाखको लागतमा सुरू गरेको अचार उद्योगमा खसीको, लोकल, बोईलर कुखुराको, माछाको लगायत एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालिका रिना बस्नेतले बताइन्। उनले सुदूरपश्चिममै पहिलो पटक मासुको अचार बजारमा ल्याइएको बताइन्। आधा…

Read More

टीकापुर: कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार ६०० पर्यटकले उद्यानको अवलोकन गरेका हुन्। उद्यानमा दशैं तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्। शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ। उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो। उद्यान दशैं तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ। पर्यटकहरू उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन्। थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ। उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका…

Read More

काठमाडौं: विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा जम्दै गरेका सुदूूरपश्चिमका अबिनाश थापा काजीको गीत ‘छोडी जाने’ सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वरमा रहेको उक्त गीत कमल अधिकारीको यूट्युब च्यानलामा सार्वजनिक भएको हो। गीतको निद्रेशन रमेश बिजुली बिसि र छायांकन सोनु बिकले गरेका छन्। यस्तै मोडलिङ्ग थापा काजी, भावाना बान्तोला र प्रभाश सिलवालले गरेका छन्। विगत ८ वर्ष देखि निरन्तर रुपमा मोडलिङ्ग गर्दै आएका अबिनाश थापा काजीले २० वटा आधुनिक गीत र तीन वटा देउडा गीतमा अभिनय गरेका छन्। https://www.youtube.com/watch?v=FEu2kbCxxPY&embeds_referring_euri=https%3A%2F%2Fprajatantradaily.com%2F&source_ve_path=OTY3MTQ&feature=emb_imp_woyt

Read More

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग मागेको छ। समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन्। समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन्। नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। प्रारम्भिक…

Read More

धनगढी : ‘एक्चुअरियल साईन्स’ विषयको पठनपाठन नेपालमा पनि हुने गरेको छ। विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा रहेको ‘एक्चुअरियल साईन्स’ र डाटा साईन्सको पढाइ नेपालमा पनि हुने गरेको हो। तर यो विषयमा धेरै जना बेखबर रहेको देखिन्छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो। विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शुन्य अवस्थामा रहेको छ। गणित बिज्ञान स्कुल बल्खुका कार्यक्रम संयोजक केशबराज फुलाराले बिमाको क्षेत्रमा काम गर्न व्यक्तिले एक्चुअरी अध्ययन गर्नुपर्ने बताए। खागरी बीमा व्यवसायमा बीमालेख तयार पार्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा…

Read More

काठमाडौं : विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो। मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरू गरिएको हो। यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ। राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ। दिगो विकासको छैटौँ…

Read More

काठमाडौँ : जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजले आपत्ती जनाएको छ। आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाएको हो। आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो। सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको रश्मी एग्रो प्रोसेसिङ उद्योगले उत्पादन गरेको चामलमा अखाद्य वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका–१ बस्ने दिपक भट्टले शुक्रबार स्थानीय किराना पसलबाट खरिद गरेको उक्त उद्योगको चामलमा प्लाष्टिक मिसावट गरेको भेटिएको हो । भट्टले स्थानीय दिपेश लक्ष्मी जनरल स्टोरबाट खरिद गरिएको चामलमा प्लाष्टिक मिसावट गरिएको भेटिएपछि उपमहानगरपालिकालाई खबर गरेका थिए । लगत्तै उपमहनगरपालिका गएको नगर प्रहरीको टोलीले उक्त चामलको नमूना संकलन गरेर ल्याएको थियो । नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले चामलमा अखाद्य वस्तु मिसावट गरिएको गुनासो आएपछि नमूना संकलन गरेर ल्याइएको बताए । खड्काले संकलित नमूना परीक्षणका लागि खाद्य, प्रविधि तथा गुण…

Read More

बझाङ: बझाङमा अटो रिक्सा दुर्घटना भएको छ। आतबार बिहान भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुपप्र०१००१ ह ५२३१ नम्बरको अटो दुर्घटनामा परेको हो। खप्तडछान्ना ७ गडारायका चन्द्रजंग चौहानले चलाएको अटो एक्कासी सडकको नालीमा पल्टिदा अटोमा सवार तीन जना जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय कृतिकल्याण जोशीसँगै उनका छोरी प्रेरणा जोशी र छोरा प्रशान्त जोशी घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्। यसअघि दुर्गाथली गाउँपालिका २ मौरीबगरबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते…

Read More

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन्। ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो। तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन्।

Read More