Author: महेन्द्रनगर पोष्ट

गुल्मी : सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ। मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मालिका छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्। बिहीबार दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ। घाँटीमा सुन्तलाको केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु…

Read More

काठमाडौँ : सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ। मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो। कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ। बुधबार इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको थियो।

Read More

काठमाडौं : नेपाल प्रहरीमा हालै उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका पाँच जना अधिकारीहरूको पदस्थापन भएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार एसएसपीमा बढुवा भएका वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको पदस्थापन भएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले बिहीबारको निर्णयअनुसार उनीहरूको पदस्थापन भएको जनाएको छ। उनीहरूलाई बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका थिए।

Read More

काठमाडौँ : सरकारले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । कार्तिक तेस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय गरेको हो । सहकारी क्षेत्रको समस्या समाधानको लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय भएको हो । नियमन नहुँदा सहकारीको नाममा ठगी धन्दा मौलाएको छ । देश सङ्घीयतामा गएसँगै सहकारीलाई आकारअनुसार प्रदेश र पालिकामा पनि हस्तान्तरण गरिएको छ…

Read More

काठमाडौँ: उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष मुख्य न्यायाधीशहरूले बिहीबार शपथ लिएका हुन्। मंगलबार न्याय परिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसका आधारमा न्यायाधीशहरू लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा मुख्य न्यायाधीश नियुक्त भएका हुन्।

Read More

काठमाडौँ : कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बायान राजप्रासदमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरे। राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए। २०७२ भदौमा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा…

Read More

धनगढी: अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् । यस्तै, दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ…

Read More

डडेल्धुरा : डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामै सबैभन्दा बढी आयकर तिर्ने करदाता भएको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो। डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये आर्थिक वर्ष २०७८/०७९ मा एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको थियो। हार्डवेयरका सञ्चालक मनोजकुमार पाण्डेयलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : भक्तपुरमा उधोगतर्फ धेरै कर बुझाउने सान्दर्भिक निर्माण सेवा प्रालि पुरस्कृत भएको छ। कर दिवसका अवसरमा भक्तपुरको सूर्यविनायक–८ मा सञ्चालित उक्त उद्योग भक्तपुर कार्यक्षेत्र रही उद्योग क्षेत्रबाट सबैभन्दा आयकर दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट पुरस्कृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ३१ लाख ८३ हजार ७ सय १८ रुपैयाँको कारोबार गरेको छ। ७ करोड २७ लाख ३६ हजार ५ सय १५ कर योग्य आय गरेको कम्पनीले १ करोड ४८ लाख ३३ हजार ६ सय ५ रुपैयाँ कर दाखिला गरेको थियो। कम्पनीका सञ्चालक नविन बस्नेतलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख दिलीप कुमार गौतमले…

Read More