Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतलाई पक्राउ गरेको छ। नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन्। भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो। एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको…

Read More

काठमाडौं : खोटाङको हलेसीबाट पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका छन्। कोशी प्रदेशको नामकरणमा असन्तुष्ट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ। आज मङ्गलवार नेकपा (एमाले) को सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले नेता किराँतीसहित १० जना पक्राउ परेका जानकारी दिए। तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि असन्तुष्ट पहिचानवादी सङ्घ–संस्थाले पुनः नामकरणको माग राख्दै आएका छन्।

Read More

झापा: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ। मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो। ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ। आक्रमणकारीको खोजी भइरहेको छ।

Read More

काठमाडौं : अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन्। सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ। महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ। सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन्। पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। अब सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन्।

Read More

काठमाडौं : यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ। दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। आकाश चन्द ४ रनमा अविजित रहे। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्। अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए। अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट…

Read More

ललितपुर : ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो। एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन्। घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

Read More

काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ । घाइते हुनेमा दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का रहेका छन्। उनी तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए। खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए। उनी तीन महिनाअघि दुबई हुँदै रुस पुगेका थिए। रुसमै रहेका अर्का नेपालीले बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार थालिएको छ।

Read More

काठमाडौं : यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले २२ रन जोड्दा ६ विकेट गुमाइसकेको छ। नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको हो। उनी ४ रनमै एल्बीडब्लू धरापमा परे। नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई शून्यमै गुमायो। उनी शून्यमै बोल्ड भए। नेपालले चौथो विकेटको रूपमा कप्तान देव खनाललाई गुमाउन पुग्यो। उनी २ रनमै आउट भए। नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो। उनी आराध्या शुक्लाको बलमा क्उाच आउट हुन पुगे। नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो। उनी राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए। नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक…

Read More

काठमाडौं : अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन्। महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन्। महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए।

Read More