Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधित क्षेत्र घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए। झापाका व्यवसायी दुर्गा प्रसाईँ पक्ष र राष्ट्रिय युवा संघले मंसिर ७ गते एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न भन्दै स्थानीय प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनले ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वरम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ।

Read More

काठमाडौँ : सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको…

Read More

महेन्द्रनगरः कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यसहित २०५२ सालमा दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव गरिएको थियो। विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र वेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको जानकारी दिए। रुखको लगत सङ्कलनपछि प्रक्रिया अघि बढाउन त्यहाँका दुई वटै सामुदायिक वनले साधारणसभा डाकेर उक्त क्षेत्रमा नियमानुसार रुख हटाउन सहमति दिनुपर्ने हुन्छ। सूचना अधिकारी अवस्थीले यहाँको जनचेतना सामुदायिक वन समितिको साधारणसभा बाँकी रहेको बताए। ‘वेदकोट सामुदायिक वन उपभोक्ता…

Read More

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा ‘ब्लफ कल’ आउँदा डडेल्धुरा प्रहरी हैरान बनेको छ। अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्। दैनिक करिब ३०/४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताए। ऐरका अनुसार फोन गर्नेले गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गर्छन्। ब्लफकल बिशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।…

Read More

काठमाडौँ : न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको छ। उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्‍याइएको छ। सरुवा हुने अन्य न्यायाधीशमा राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल र डालकुमार खड्का छन्। त्यस्तै, उच्च अदालतका चार जना न्यायाधीशको काज सरुवा गरिएको छ । यसमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, बामदेव…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

Read More

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरवार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्। सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए। त्यस्तै दुवै पक्षलाई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न ठाउँ तोकिएको छ। युवा सङ्घले तीनकुनेमा र दुर्गा प्रसाईँले बल्खुमा कार्यक्रम गर्ने भएका छन्। तर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा मंगलबार प्रमुख…

Read More

काठमाडौ : उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी Best police of the month घोषित भएका छन् । कात्तिक महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै Best police of the month को उपाधीबाट सम्मानित गरेको हो । उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । कार्यालयले डिएसपी पन्थीलाई कार्यालयको पिलर ८ को जिम्मेवारी दिएको छ । उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ । पन्थीको नेतृत्वमा पछिल्लोपटक भिजिट भिसामा बिदेश जाँदा कागजपत्र शंकास्पद भनी बिमानस्थलबाट…

Read More

काठमाडौँ : उच्च अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको छ । मङ्गलवार(आज) बसेको न्याय परिषद् बैठकले उच्च अदालत जनकपुर, विराटनगर र दिपायलका न्यायाधीशको ओखलढुंगा, पाटन, राजविराज र पोखरामा काज सरुवा गरेको हो । परिषद्को अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काम पठाएको छ भने उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश लेखनाथ पौडेलको उच्च अदालत पाटन पठाएको छ । यसैगरी उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीको उच्च अदालत जनकपुर राजविराज इजलास र उच्च अदालत दिपायलका न्यायाधीश अमृत बहादुर बस्नेतको उच्च अदालत पोखरामा काज सिफारिस गरिएको छ ।

Read More

काठमाडौं : विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो हुन सकेन । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमनविरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । अनन्त तामाङ, दिनेश हेन्जन र एरिक विष्ट पहिलो रोजाईँमा पर्दा मनिष डाँगी र छिरिङ लामा बेन्चमा छन् । नेपालको प्लेइङ–११किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की…

Read More