Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा प्रहरीले ९ जना ह्याकरलाई नियन्त्रणमा लिएको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ह्याकरको समूहलाई नियन्त्रणमा लिएको हो। उनीहरूले धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक एक घरमा फ्ल्याट भाडामा लिएर कार्यालय नै खोलेर अनलाइन ठगी गर्ने, बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुल्न बाकी छ। यस्तै उनीहरूको साथबाट १० वटा ल्यापटप पनि बरामद गरिएको बुझिएको छ। यस्तै घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।

Read More

धनगढीः नेकपा एमालले बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गर्ने भएको छ। एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको हो। बुधवारको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको एमालले बताएको छ। यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा गर्ने कार्यक्रम तय भएको छ। ओलीले राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर उद्घाटन गर्ने एमालेका एक नेताले बताए। समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित हुनेछ।

Read More

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको बताए। केसीका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड लागत अनुमान गरिएको छ। सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्न लागेको हो। ‘सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ’ इन्ञ्जिनीयर केसीले भने, ‘सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण गरि सक्ने डिपिआरमा उल्लेख गरिएको छ। बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८०…

Read More

धनगढीः कैलालीको चिसापानीबाट एक गाडी माछा बरामद गरिएको छ। नवलपरासी सुस्ताबाट बिल बनाइएको माछा भारतीय रहेको भन्दै प्रहरीले बरामद गरेको हो। गाडीमा रहेको दुई हजार ८० किलोग्राम माछा धनगढी ल्याउदै गर्दा प्रहरीले बरामद गरेको हो। गाडीसहित माछा परीक्षण र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। भेटेरिनरी अस्पतालबाट परीक्षणका लागि समय लाग्ने देखिएपछि कैलाली प्रहरीले भन्सार पठाएको जनाएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर इतिहासको मञ्चबाट गलहत्याइएका तत्त्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन्। बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकथरी तत्त्वहरू अहिले गरेको एउटा दुस्सह कहिले पूरा नहुने दाबी गरे। उनले भने, ‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्त्वहरूले फेरि फर्कने जमर्को गर्छन्। उनीहरूले अन्तिम रूपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्त्वहरू फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दै छन्।’ अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण…

Read More

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैले जानकारी दिए । यसअघि एक जना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। वन उपभोक्ता समितिको ९ लाख १३ हजार २८० रूपैयाँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चन्द्रसिंह लामा, सचिव सङ्गीता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूविरूद्ध हिसाब-किताब नदेखाएको, समितिको साधारण सभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने परेपछि आयोगले अनुसन्धान गर्दा उनीहरूले बदनियत राखी आपसी मिलेमतोमा उपभोक्ता समूहको बैंक खाताबाट ९ लाख १३ हजार २८० रूपैयाँ झिकेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले…

Read More

महेन्द्रनगर : कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ। योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको कटान आदेश अझै आइसकेको छैन। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किलोमिटर सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ। पछिल्लो समय नेपाल-भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रूख कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ। सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्रयाक खोल्न रु पाँच करोड ५० लाखका ठेक्का…

Read More

काठमाडौँ : बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ। नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ। प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुने उपत्यका प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्। प्रहरी…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका योजना अधिकृत कृष्णदेव जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। जिम्मेवारी पाएपछि बुधबार उनलाई नगरप्रमुख भरत वडायरले बधाई ज्ञापन गरेका छन्। परशुराममा कोही पनि आउन नमानेपछि जोशीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको बताइन्छ।

Read More