Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा दुईओटा बस एकआपसमा ठोक्किएका छन्। सोमबार दिउँसो महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा बसहरु एकआपसमा ठोकिएका हुन्। दुई बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति भएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सुपप्र ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुपप्र ०१००१ ख २३९३ नम्बरको नगर बस एकआपसमा ठोक्किएका हुन्। महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। दुवै बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। एकआपसमा…

Read More

डडेल्धुरा : डडेल्धुरामा एउटा प्रमुख प्रशासकीय अधिकृतको भरमा दुई पालिकाको जिम्मेवारी परेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका दिलिप तामाङले नवदुर्गाको पनि जिम्मेवारी पाएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा पठाएको हो। एक कार्यक्रमकाबीच नवदुर्गा गाउँपालिकामा तामाङको स्वागत गरिएको छ।

Read More

काठमाडौं : सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ। अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ। अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पु¥याएको आरोप…

Read More

डडेल्धुरा : सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले कार्यालय प्रमुख नपठाउँदा सामाजिक विकास कार्यालय डडेल्धुरा कार्यालय प्रमुख विहीन रहेको छ। सामाजिक विकास कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख प्रयागराज जोशीको बझाङ सरुवा गरेको मन्त्रालय गत असोजदेखि कार्यालय प्रमुख नपठाएको हो। कार्यालय प्रमुख नहुँदा कार्यालयमा कार्यरत कर्मचारीले तीन महिनादेखिको तलब खान पाएका छैनन्। कार्यालयका अन्य कामकाज समेत ठप्प रहेको कार्यरत कर्मचारी बताउँछन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले भने मन्त्रालयमा कर्मचारी नभएर समस्या भइरहेको जनाएको छ। डडेल्धुरामा आठौं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ। मन्त्रालय स्रोतकाअनुसार डडेल्धुरामा कर्मचारी पठाउन अहिले मन्त्रालयले कर्मचारी खोजिरहेको छ।

Read More

काठमाडौं : महोत्तरीमा आफ्नै प्रहरी जवानलाई गोली हान्ने असइ निलम्बनमा परेका छन्। महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो। आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए। कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए। घुमुवाबाट उठाइएको रकम मागेका सिपाही साहलाई गोली हानेर घटना लुकाउने खोजेका थिए। सम्बन्धित समाचार :असइ बच्चाले आफ्नै सिपाहीलाई गोली हाने, उपचार गराउन भारत पठाए

Read More

काठमाडौं : केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ। आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले। ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे। इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए। बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८…

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजारमा ग्लोबल आइएमई बैंकको एटीएम सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमकाबीच डडेल्धुरा शाखा अन्तरगतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सञ्चालनमा ल्याएको हो। ग्राहकहरूको सहजताको लागि एटीएम सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाशदत्त भट्टले जानकारी दिए। बैतडी, बझाङ्ग र दार्चुलाको प्रवेश द्वारको रूपमा रहेको खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा आएसँगै ग्राहकलाई सहज हुने भट्टले विश्वास व्यक्त गरे। देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको एकमात्र बैंकको रूपमा रहेको ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा प्रदान गर्ने उद्धेश्यले एटीएम स्थापना गरिएको बैंकले जनाएको छ।

Read More

दैलेख : दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो। श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाइ छ। ‘भड्डुमा ढिँडो पकाएको रहेछ। भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन्। टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो,’ लम्सालले भने। सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१च००४३ नम्बरको जीप सिगास गाउँपालिका –३ को डुँडै नजिक सोमबार बिहान दुर्घटनामा परेको हो। जीपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ। जीप सडकबाट करीब तीनसय मिटर तल खसेको छ। जीपमा भने पूर्ण क्षति पुगेको छ। ब्रेक फेल भएर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यात्रु लिनका लागि गइरहेको जीप दुर्घटनामा परेको उनले बताए।

Read More

काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो। आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो। अघिल्लो दिन अर्थात् आइतबार तोलामा छ सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।…

Read More