Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले छिट्टै न्याय पाउने दाबी गरेका छन् । नेता खाँणको गृहजिल्ला रुपन्देहीमा पार्टीको जिल्ला सम्मेलनमा सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको र त्यो समय छिट्टै आउने बताए । ‘उहाँले न्याय पाउनुहुन्छ, वकिल साथीहरू लागिरहनुभएको छ, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु राम्रो हुँदैन’ देउवाले भने । देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् । विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा। स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाले जनाएको छ । वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधवार हुनेछ । पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुसार राखिने रास्वपा स्रोतको भनाइ छ ।

Read More

धनगढी : प्रदेश सरकारको पहलमा उग्रतारा मन्दिरलाई पुरानै शैलीमा निर्माण काम शुरु हुन थालेको सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले बताएका छन् । उग्रतारा दर्शन गर्न आएका मन्त्री देउवाले पहल सरकारको पहलमा संघीय सरकार मार्फत क्रमागत योजना अन्र्तगत उग्रतारा मन्दिर पुर्न निर्माण शुरु हुन थालेको बताएका हुन् । भ्रमणका क्रममा भौतिक पूर्वाधार मन्त्री देउवाले उग्रतारा मन्दिरको गुरु योजना अनुसार पुनः निर्माण गरिने बताएका छन् । उग्रतारा मन्दिर दर्शन गर्न पुगेका मन्त्री देउवाले मन्दिरको व्यवस्थापनका लागि पूर्वाधारहरुको विकाससँगै मन्दिरलाई प्यागोडा शैलीमा पुर्ननिर्माण समेत गरिने बताए । सबैको धार्मीक आस्थासंग जोडिएको उग्रतारा मन्दिरको बिकासका लागि आफु लागि पर्ने बताएका छन्…

Read More

काठमाडौँ : शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा त्तीर्ण गरेका छन् । कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन्…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरवारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । सिंहदरवार प्रधानमन्त्री कार्यालयभित्रको आर्ट ग्यालरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले संयुक्त अवलोकन गरेका थिए । आफ्नो पालामा नयाँ डिजाइनसहित पुनः निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले ‘प्रचण्ड’सँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरवार पुगेका ओलीलाई ‘प्रचण्ड’ले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए । ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने ‘प्रचण्ड’ले गरेका थिए । अहिले प्रधानमन्त्री…

Read More

काठमाडौँ : सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा छन्। भेटवार्ता जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरू काठमाडौँ आएका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई मंगलबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको थियो तर भेट्न पाएनन्। प्रधानमन्त्री दाहालले बागमती प्रदेशका गृहमन्त्री गङ्गानारायण श्रेष्ठसँग मात्रै भेटेका थिए। प्रधानमन्त्रीले श्रेष्ठलाई भेटेर प्रदेशका गृहमन्त्रीहरूको मागबारे जानकारी लिएका थिए। प्रधानमन्त्री दाहालले मंगलबार साँझ ५ बजे उनीहरूसँग सामूहिक रूपमा भेट गर्नेछन्।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ । मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज सम्पन्न भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले आज स्थानीय बिदा दिएको थियो। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा…

Read More

बर्दिया: बर्दियामा प्रहरी नायव निरीक्षक (सई) घूस रकमसहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका हुन्। आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ।

Read More

पिथौरागढ: भारतको उत्तराखण्डस्थित पिथौरागढमा एक वृद्धा महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। सुवाकोटको वड्डाकी ६५ वर्षीया माधवी चिलकोटीको हत्या आरोपमा मजदुरी गर्न भारत गएका मुगुका २६ वर्षीय युवक रिपेन्द्र नाथ पक्राउ परेका हुन। कोठाबाट निकालेको रिसमा नाथले भारतीय महिलाको हत्या गरेको स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। माधवी आइतबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। मृतक माधवी दिल्लीबाट केहीदिन पहिले सुवाकोट फर्किएकी थिइन्। नेपाली युवक नाथलाई रक्सी पिउने र कोठामा फोहोर गर्ने हुनाले माधवीले कोठा छाड्न भनेकी थिइन्। त्यतिबेला नाथ अर्को ठाउँमा बस्न थालेका थिए।

Read More