Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्।  आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ। उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए। उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

Read More

काठमाडौं : नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

कैलाली : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ। आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो। अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो। समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो। अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित डोटीका दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र केआईसिंह गाउँपालिका–२ का २१ वर्षीय मनोज रावल आइतबार दिउँसो पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोइन फेला पारी दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडाैं: हमासले बन्धक बनाएका भनिएका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गएको असोज २० गतेदेखि हमासको नियन्त्रणमा रहेका बुझिएको छ। सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए। उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो। हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका…

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो। तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ। पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ। पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन्। सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताए। विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल…

Read More

धनगढी: कैलालीका सीमानाकामा प्रहरीले रकम उठाउने गरेको पाइएको छ। जिल्लास्थित नेपाल-भारत सीमानाकामा प्रहरीले सवारी लगायत वारीपारी गर्नेहरूबाट रकम उठाउने गरेका हुन्। विशेष गरि यो असुली धन्दा धनगढीको त्रिनगर भन्सार नाका क्षेत्र र उता पारिको डोकेबजार क्षेत्रमा मौलाएको छ। जहाँ ट्राफिक प्रहरीले पैसा असुल्छ। यस्तै पुलमा रहेको त्रिनगर चौकीको नेपाल प्रहरीको ड्युटीले पनि कोप्चामा लगेर पैसा लिने गरेको सवारी चालकले बताएका छन्। विशेषगरी उनीहरुले नेपाल-भारत चल्ने ट्याक्सीहरुबाट एकलटको २ सयदेखि ५ सय र हजार रुपैयाँसम्म उठाउने गरेका हुन्। पैसा नदिए गाडी नै चल्न नदिने धम्की दिदै भन्सारसहितको मिलेमतोमा प्रहरीले असुली धन्दा चलाएको सवारी चालकहरुको गुनासो छ। एक सवारी चालकले नाम नखुलाउने…

Read More

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवतीहरुका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। हिजो पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए।अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए। आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

Read More

डोटीः डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेकोे छ। अर्का एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताए।

Read More

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बझाङको पारस निर्माण सेवासहित १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन्।

Read More