Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो। शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए भने आज बिहान तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जनालाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। सम्बन्धित समाचार : सशस्त्रका डिएसपी राईमाथि आक्रमण, संलग्न चार जना नियन्त्रणमा

Read More

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन्। पूर्वराजा शाह विर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन्। सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका छन्।

Read More

धनगढी: कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। गएराति भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित पारस भट्टले सञ्चालन गरेको चन्द्रदेव राइस मिलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने नरेन्द्र बिष्ट, पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, भीमदत्त नगरपालिका–४ बस्ने दामोदर भट्ट, भीमदत्त नगरपालिका–१० बस्ने दिपक गिरी, भीमदत्त नगरपालिका–८ बस्ने सुरत खत्री र वेदकोट नगरपालिका–१० बस्ने तिलक बैज रहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट दुई लाख आठ हजार चार सय २६ रूपैयाँ र तास पनि बरामद गरिएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन्। सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो। जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब–स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो। आक्रमणमा डिएसपीसहित केही प्रहरी घाइते भएका छन्। प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी…

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ घोडेधारमा आज बिहान जीप दुर्घटना हँदा दोगडाकेदार गाउँपालिका–८ का ३५ वर्षीय अम्मर बिष्टको मृत्यु भएको हो। कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। केसीका अनुसर जीप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन्। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ। घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : राष्ट्रिय सूचना आयोगले हरेक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने सूचना देशभरका अदालतलाई प्रकाशन गर्न र सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। आयोगको गत कात्तिक २४ गतेको बैठकले प्रत्येक तीन–तीन महिनामा गर्नु पर्ने स्वतः प्रकाशन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई सूचनाको हकसम्नधी ऐनअनुसार उक्त निर्देशन दिएको हो। आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न, अदालतहरूमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो। हालै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सम्मेलनका क्रममा कतिपय अदालतमा कानुन बमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः…

Read More

धनगढी : फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ। काठमाडौँको सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् । ‘उपचार जारी छ। केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ। औषधी जारी छ। ल्याएको पैसा सकायौ। आर्थिक समस्याले सताउन थालेको छ,’प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले बताइन्। प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए। त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो। फोक्सोमा…

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो। सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो। सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।

Read More

काठमाडौँ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात छानबिन गरी पेस गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न शुक्रबार निर्देशन दिएको हो। नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी उजुरी तामेलीमा पठाएको थियो। प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीको नागरिकतामा उमेर २०२४ चैत…

Read More

महोत्तरी : महोत्तरीस्थित बर्दिवास–२ मा दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको छ। २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिबासले बर्दिवास–८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास–२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो। संयोगले नाम र वुवाको नाम मिले तापनी उनीहरु फरक–फरक व्यक्ति हुन्। उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र होइन, जन्ममिती, बुवाको नाम समेत मिलेको छ। तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक–फरक मितिमा भएको देखिएको छ। अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास–२ बस्ने भुजेलको नागरिकता…

Read More