Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं: बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतो गरेकाे प्रकरणमा ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीकी ‘विवादित’ इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि पठाइएको पत्र गृह मन्त्रालयमा पुगेको छ। छानबिनका क्रममा उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि निलम्बन प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। उनले आजै निलम्बनको पत्र गृह मन्त्रालयमा पठाइएको जानकारी दिइन्। जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन प्रतिवेदनबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराइसकेको छ। जसअनुसार यसमा इन्स्पेक्टरलगायतविरुद्ध मुद्दा चलाउनुपर्ने प्रस्ट आधार तय भइसकेको छ। उक्त प्रकरण डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले छानबिन गरेका…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ। दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्।

Read More

धनगढी: कैलालीमा एक किशोरी दुईपटक बलात्कारमा परेकी छिन्। बलात्कारका दुई जना आरोपीलाई भने पक्राउ गरिएको छ। छुट्टाछुट्टै समयमा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय किशोर नेपाली र सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार १६ वर्षीय किशोरले भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय मगरले चौथो हप्तामा छिमेकिको घरमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ। १६ वर्षीया किशोरीले बिहीबार मात्रै आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी गराएकी हुन्। दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान…

Read More

काठमाडौं: नेपाल प्रहरीको विवादित इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीको प्रकरण अहिले छानबिनमै छ। ललितपुर प्रहरी परिसरले एक समिति नै बनाएर शाहीमाथि छानबिन गरिरहेको हो। तर, छानबिनकै क्रममा शाहीले आफूमाथि हुनसक्ने कारबाहीलाई रोकाउन शक्तिकेन्द्र धाउन थालेकी छन्। उच्च स्रोतका अनुसार शाहीले गृहमन्त्री रमेश लेखकसहित उनकी पत्नी यसोदा लेखकलाई प्रभावमा पारिरहेको बताइएको छ। शाहीले लेखकद्वयलाई भेटेर कारबाही रोक्न लगाएको बुझिएको हो। शाहीले निवासमै भेटेर यसोदामार्फत कारबाही रोक्न दबाब दिएको स्रोत बताउँछ। स्रोतका अनुसार शाहीले पछिल्लो समय पक्राउ परेर थुनामै बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै गृहमा रोइकराई बढाएकी छन्। उनलाई जोगाउन गृहमन्त्रीका पीए जनक भट्ट पनि सक्रिय रहेको बताइन्छ। यस अगाडि प्रहरी महानिरीक्षक बसन्तबहादुर…

Read More

काठमाडौंः ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन्। यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन्। बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो। घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो। तर, एक सातासम्म उनको निलम्बन भएको छैन। ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने…

Read More

अछामः धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ। अछामको साँफेबगर विमानस्थल छेउमा रहेको मसानघाट नजिकै गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताइएको छ। झण्डै २० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताए। प्रहरीको सहयोगमा मसानघाट नजिकैबाट गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उनले बताए। बिमानस्थल आसपासमा बंगुर लगायतका जनावर पालन भएको र त्यहाँ जम्मा हुने फोहोरको थुप्रोमा चील लगायतका जनावर आइरहने जोखिम निम्तिने भएका सोतर्फ आवश्यक सहजीकरण गरिनु पर्ने समिट एयरलायन्सका प्रतिनिधि कुँवरले बताए।

Read More

धनगढीः दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनुप¥यो । सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् । कलिलैमा रोजगारीका लागि भारत पसेका डोटी सिलगढीका तीर्थ पञ्जेडाको अनुहारमा चमक देखिन्थ्यो । उनी आफैँसंगका तीन जना दौतरीसंग दुई वर्षपछि बिहीबार घर फर्किरहेका थिए । ‘कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरमै परिवार छोडेर भारत पसेको थिए,’ भारतको महाराष्ट्रबाट फर्किने क्रममा कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका पञ्जेडाले भने, ‘दसैं मनाउन घर फर्किन पाउँदा खुसी लागेको छ ।’ तर, उनलाई ठाउँठाउँमा भइरहेको चेकजाँचले भने सास्ती दिइरहेको…

Read More

काठमाडौं: नेपाल प्रहरीले आधिकारिक रुपमा तोकिएका सामाजिक सञ्जालका माध्यमबाहेक अन्य माध्यमको आफूखुशी प्रयोग नगर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका निम्ति पुनः सर्कुलर जारी गरेको छ। वर्दीको कुनै पनि पहिचान प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट सामग्री सम्प्रेषण गर्दा नेपाल प्रहरीको सञ्चार नीति २०६० मा आधारित रहेर गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्तै, प्रहरी कार्यालयको नाममा खोलिने फेसबुकलगायत पेजहरु सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै हेडर्क्वार्टरले व्यक्तिगत प्रोफाइलको रुपमा खोलिएका पेज तत्काल बन्द गर्न निर्देश गरेको छ।  एकभन्दा बढी पेज भएका कार्यालयको आधिकारिक पेज निर्क्यौल गरी अन्य पेज बन्द गर्न, सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने इकाइभन्दा तल्लो…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक हवल्दार जेल चलान भएका छन्। चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गरेको भन्दै उनी जेल चलान भएका हुन्। प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएको बताइएको छ। जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। स्रोतका अनुसार एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन्। चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन्। त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ। उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन्। २९ भदौमा…

Read More

धनगढी: बैतडी जिल्लामा मालपोत कार्यालय छ। सो कार्यालयका हाकिम छन् अशोक सार्की। उनै सार्कीले सेवाग्राहीबाट घुस लिएको विषय बाहिर आएको छ। एकै सेवाग्राहीबाट सार्कीले पटकपटक किस्ताकिस्तामा घुस लिने गरेको खुलेको हो। स्रोतका अनुसार उनले छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएका हुन्। उनले बुधबार कार्यकक्षमै पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ। कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६…

Read More