Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन्। यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन्। बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो। घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो। तर, एक सातासम्म उनको निलम्बन भएको छैन। ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने…

Read More

अछामः धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ। अछामको साँफेबगर विमानस्थल छेउमा रहेको मसानघाट नजिकै गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताइएको छ। झण्डै २० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताए। प्रहरीको सहयोगमा मसानघाट नजिकैबाट गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उनले बताए। बिमानस्थल आसपासमा बंगुर लगायतका जनावर पालन भएको र त्यहाँ जम्मा हुने फोहोरको थुप्रोमा चील लगायतका जनावर आइरहने जोखिम निम्तिने भएका सोतर्फ आवश्यक सहजीकरण गरिनु पर्ने समिट एयरलायन्सका प्रतिनिधि कुँवरले बताए।

Read More

धनगढीः दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनुप¥यो । सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् । कलिलैमा रोजगारीका लागि भारत पसेका डोटी सिलगढीका तीर्थ पञ्जेडाको अनुहारमा चमक देखिन्थ्यो । उनी आफैँसंगका तीन जना दौतरीसंग दुई वर्षपछि बिहीबार घर फर्किरहेका थिए । ‘कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरमै परिवार छोडेर भारत पसेको थिए,’ भारतको महाराष्ट्रबाट फर्किने क्रममा कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका पञ्जेडाले भने, ‘दसैं मनाउन घर फर्किन पाउँदा खुसी लागेको छ ।’ तर, उनलाई ठाउँठाउँमा भइरहेको चेकजाँचले भने सास्ती दिइरहेको…

Read More

काठमाडौं: नेपाल प्रहरीले आधिकारिक रुपमा तोकिएका सामाजिक सञ्जालका माध्यमबाहेक अन्य माध्यमको आफूखुशी प्रयोग नगर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका निम्ति पुनः सर्कुलर जारी गरेको छ। वर्दीको कुनै पनि पहिचान प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट सामग्री सम्प्रेषण गर्दा नेपाल प्रहरीको सञ्चार नीति २०६० मा आधारित रहेर गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्तै, प्रहरी कार्यालयको नाममा खोलिने फेसबुकलगायत पेजहरु सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै हेडर्क्वार्टरले व्यक्तिगत प्रोफाइलको रुपमा खोलिएका पेज तत्काल बन्द गर्न निर्देश गरेको छ।  एकभन्दा बढी पेज भएका कार्यालयको आधिकारिक पेज निर्क्यौल गरी अन्य पेज बन्द गर्न, सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने इकाइभन्दा तल्लो…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक हवल्दार जेल चलान भएका छन्। चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गरेको भन्दै उनी जेल चलान भएका हुन्। प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएको बताइएको छ। जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। स्रोतका अनुसार एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन्। चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन्। त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ। उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन्। २९ भदौमा…

Read More

धनगढी: बैतडी जिल्लामा मालपोत कार्यालय छ। सो कार्यालयका हाकिम छन् अशोक सार्की। उनै सार्कीले सेवाग्राहीबाट घुस लिएको विषय बाहिर आएको छ। एकै सेवाग्राहीबाट सार्कीले पटकपटक किस्ताकिस्तामा घुस लिने गरेको खुलेको हो। स्रोतका अनुसार उनले छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएका हुन्। उनले बुधबार कार्यकक्षमै पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ। कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६…

Read More

धनगढीः जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरेर ल्याएको सुन फिर्ता गर्न लगाएको छ। भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसरको एक घरबाट सुन चोरी भएकोमा चोर डोटी पुगेका थिए। आज बिहीबार प्रहरीले चोरेर ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन सुनधनी महेन्द्र सिंहलाई फिर्ता गराएको हो।दिपायल–सिलगढी नगरपालिका–२ का २४ वर्षीय रविसिंह भनी चिनिने कैलाशले गत जेठ १४ गते महेन्द्र सिंहको घरबाट चोरी गरेर ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भने भारतको पलियामा पक्राउ गरेर उतै मुद्दा चलाइएको छ।…

Read More

अछामः अछाममा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरितादेवि जैशीको बिहीवार मृत्यु भएको छ। बुधवार राति व्यथा लागेर स्वास्थ्य चौकी लैजाने क्रममा उनले बाटोमै बच्चा पाएकी थिइन्। स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकी जैशीको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शिशुको अवस्था भने सामान्य रहेको छ।

Read More

धनगढी: कैलालीमा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। आज (बिहीबार) जिल्लाकोलम्कीचुहा नगरपालिका २ मोतिपुरबाट उनीहरूलाई समातिएको हो। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरूलाई सोही स्थानका २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा समातेको हो। उनीहरूबाट रु २७ हजार ७३० रुपैयाँ र ६ गड्डी तास पनि बरामद गरिएको बताइएको छ। यी हुन् जुवाडे १)ल.चु.न.पा. २बस्ने वर्ष ४०को धनन्जय खनाल२)ऐ.बस्ने वर्ष ४२को सरोज रावल३)ऐ.बस्ने वर्ष ४१को जगत राज ढुंगाना४)ऐ.बस्ने वर्ष ४८को आशापति रोकाया५)ऐ.बस्ने  वर्ष ५५को तुलानन्द रिमाल६)ऐ.बस्ने वर्ष ४२को देवराज बडुवाल७)ऐ.बस्ने वर्ष ३२को नविन धामि८)ऐ.४बस्ने वर्ष ४४को लोकेश मयाल

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा नेतृत्वको टोली भारतीय खुफिया एजेन्सी ‘रअ’को सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेको छ।  गुप्तचर टोली आज दिउँसो दिल्ली पुगेको हो। नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१७ मा हुतराज र विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्य काठमाडौंबाट गएका हुन्। नयाँ दिल्लीस्थित ‘रअ’को मुख्यालयमा आजदेखि ‘आतंकवादविरुद्ध दक्षिण–पूर्वी एसियाली मुलुकका खुफिया एजेन्सीका प्रमुखहरुको सम्मेलन’ शुरु भएको छ। सम्मेलन आगामी शनिबारसम्म हुने छ।  उक्त वार्षिक बैठकमा सहभागी हुन ‘रअ’ प्रमुख रवि सिन्हाको निमन्त्रणामा हुतराज दिल्ली पुगेको जनाइएको छ।

Read More