Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले कैलालीले नवौं जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कमिटिले नारा र लोगो सार्वजनिक गरेको हो । एमाले कैलालीका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा कर्णाली पुल, शिवपुरीधाम, घोडाघोडी ताल लगायतका ठाउँहरुलाई समेटिएको छ । एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले अगामी ६ र ७ गते कैलालीको सुखडमा नवौं अधिवेशन हुने बताए । जोशीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने बताए । पार्टीको अगामी नेतृत्व चयनका लागि कैलालीमा पहिलोपटक नयाँ अभ्यासको थालनी गरिएको पनि उनले बताए ।…

Read More

डडेल्धुरा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डडेल्धुराको प्रयोगशाला प्रयोगविहीन भएको छ। गत असारमा स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रको प्रयोगशाला प्रयोगविहीन भएको हो। असारमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको ३० लाख रूपैयाँ बजेटमा यहाँ प्रयोगशाला स्थापना गरिएको थियो। तर, त्यसपछि थप बजेट विनियोजन नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन्। प्रयोगशालाको लागि भनेर एक जना ल्याब टेक्निसियन समेत आयुर्वेद स्वास्थ्य केन्द्रले राखेको छ। प्रयोगशालामा भएका सामग्रीको व्यवस्थापन नहुँदा भएका सामग्री पनि बिग्रिने अवस्थामा पुगेका छन् भने ल्याब टेक्निसियन पनि काम विहीन छन्। ल्याब चेकको केमिकलका लागि आवश्यक बजेट नआउँदा प्रयोगशालामा ताल्चा ठोक्नु परेको कार्यालयले जनाएको छ। पछिल्लो समय आयुर्वेद स्वास्थ केन्द्र तर्फ…

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो सुपर सिक्स अन्र्तगतको दोस्रो खेलमा भारतविरुद्ध गुल्शन झालाई पनि गुमाएको छ । केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो । त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १ रनमा आउट हुन पुगे ।

Read More

काठमाडौँ :  घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार शुक्रवारको सुनुवाइपछि प्रतिवादी उपसचिव प्रमोद नेपाललाई दोषी ठहर गर्ने फैसला भएको छ । प्रमोद नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि…

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध तेस्रो विकेट गुमाएको छ । युवा विकेटकिपर उत्तम थापामगर र अर्जुन कुमाल आउट भएका हुन् । जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँ बानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए । ‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ’, उनले भने ।

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट भएका हुन् । तीव्र गतिका बलर राज लिम्बानीको सट बल पुल सट खेल्ने चक्करमा एज लागेर कट एण्ड बोल्ड आउट भएका हुन् । ४२ बल खेलेका दीपकले ३ चौका हानेका थिए ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको हो । लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ । आज बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गरे । साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उनले प्रदेश सभा सचिवालयलाई निर्देशन दिए । समितिको प्रतिवेदनमाथि आजै सदनमा छलफल गरिएको छ । प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह…

Read More

काठमाडौं : एकताकाका नेपालको अपराधिक दुनियाँका डन मानिने गुण्डा नाइले कुमार ‘घैंटे’ (कुमार श्रेष्ठ) ले जन्माएको कम्पनी अहिले कालोसूचीमा परेको छ। तत्कालीन संस्थापक ‘घैंटे’को कम्पनी श्री गजुरमुखी निर्माण कम्पनी प्रालि कालोसूचीमा परेको हो। अहिले सन्तोष गौतम र दिपम गौतम मुख्य सञ्चालक रहेको सो कम्पनीलाई २ वर्ष बढी अवधिको लागि कालोसूचीमा राखिएको बताइएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको हो। आपूर्तीकर्ताहरुलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नसक्ने चेतावनी पनि दिइएको छ। सडक डिभिजनको कार्यालय नेपालगञ्जले कालोसूचीमा राख्न लेखि पठाएपछि सो कम्पनी कारबाहीमा परेको हो। यतिमात्र होइन…

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले स्वकीय सचिव दिलिपकुमार साउदलाई पदबाट निलम्बन गरेका छन्। अत्तरिया उद्योग वाणिज्य संघले लगाएको महोत्सवमा भएको नक्कली टिकट हिनामिनाको छानबिनको समयसम्मका लागि भन्दै उनलाई पदबाट निलम्बन गरेका हुन्। अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकट प्रकरणमा मुछिएका छन्। उनी नक्कली टिकट प्रकरणमा मुछिएपछि स्वकीय पदमा रहिँ रहँदा पार्टी तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस् भनेर सहयोगका लागि उनलाई निलम्बन गरिएको नगरपालिका स्रोतले जनाएको छ। अत्तरिया उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको अभियोगमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराका नाममा जिल्ला अदालत कैलालीले पक्राउ…

Read More