Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन्। महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका हुन्। कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बस्नुभएको छ। छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको महानगरपालिकाले जनाएको छ। कार्यपालिका बैठकले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो। तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन थालिएको छ।

Read More

बाजुरा : बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। विद्युत १८ गते बुधबार र १९ गते विहीबार दुई दिन विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ। विद्युत अवरुबाट सेवा ग्राहीमा पर्नको गएको असुविधप्रति वितरण केन्द्रले क्षमा प्रार्थी…

Read More

काठमाडौं : गृह मन्त्रालयले दुई थान बन्दुक इण्डोनेसिया लैजान अनुमति दिएको छ। भोलिदेखि जाकार्तामा हुन लागेको एसियन राइफल पेस्तोल च्याम्पियनसिपमा भाग लिन जाने नेपाली सुटिङ खेलाडीको साथमा ती हतियार लैजान अनुमति दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ। खेलाडीद्वय सुष्मिता नेपाल र बिपेश खड्काको साथमा क्रमशः डिइ २०२० केबीबी ५७२७ र पी ८ एक्स १०१५६०६१ मोडलको एअर गन लैजान अनुमति दिइएको हो। पत्रमा भनिएको छ, ‘उल्लेखित खेलाडीले प्रयोग गर्ने एअर गनको सम्पूर्ण जिम्मेवारी नेपाल सुटिङ संघको हुने गरी खेल समाप्तिपछि नेपाल फिर्ता ल्याउने शर्तमा इण्डोनेशिया लैजान दिन सम्बन्धित विदेशी सरकार वा राजदूतावासबाट हातहतियार खरखजाना विदेश यात्रा इजाजतपत्र उपलब्ध गराउने व्यवस्थाका लागि मिति…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ। हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ। यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ। हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Read More

काठमाडौँ : इजरायलले गरेको आक्रमणमा प्यालेस्टाइनी लडाकु समूह हमासका उपनेता सालेह अल–अरौरी मारिएका छन्। समाचार संस्था बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन हमलामा सालेह मारिएका हुन्। इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये उनी सबैभन्दा ठूला नेता हुन्। इजरायलले सो आक्रमणमा अरौरीसहित अन्य ६ जना समेत मारिएको दाबी गरेको छ। ५७ वर्षीय अरौरी हमासको सैनिक विङ्ग इज एड–डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन् । यसअघि इजरायलले गत अक्टोबरमा अरौरीको निवास ध्वस्त पारेको थियो।

Read More

डडेल्धुरा : डडेल्धुरा घर भएका एक प्रहरी जवानको मकवानपुरमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडी रहेका छन्। हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। बुधबार बिहान पौने ७ बजेतिर मोटरसाइकल हेटौंडाबाट नवलपुर जाँदै गरेको थियो। प्रहरी जवान एडी (फिजिकल ट्रेनिङ–व्यायाम) पिटी गर्नेक्रममा दौडिरहेका थिए। त्यसक्रममा थानाभर्‍याङमा मोटरसाइकल अनियन्त्रित भई प्रहरी जवान एडीलाई ठक्कर दिएको थियो। ठक्कर दिएर मोटरसाइकल पनि पल्टिएको डिएसपी भण्डारीले जानकारी दिए। दुर्घटनापछि…

Read More

अछाम : तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो। द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण…

Read More

हेटौंडा : मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीलाई ठक्कर दिएको हो । प्रहरी जवान एडी पिटी गर्नेक्रममा दौडिरहेका थिए । दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीको हेटौंडा अस्पताल मृत्यु भएको डिएसपी भण्डारीले बताए । मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो । ठक्करबाट प्रहरी जवान नवराज सार्कीको दायाँ हात…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी भइसकेको बताएका छन् । कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले त्यसबारे निर्णय गर्ने बताए । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपालाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएको उनले जानकारी दिए ।

Read More

काठमाडौं : फेसबुकमा फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह रहेका छन् । फेसबुकमा महिलाको नामको फेक आईडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र ठगी गर्न खोज्ने उनीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले फेसबुकमा केटीको नामको आईडी बनाएर पुरुषलाई साथी बनाउने र भिडिओ कल गरी अश्लील भिडिओहरू देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडिओ पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ…

Read More