Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ: टी-२० विश्वकप छनौटको एसिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमानबीच भिडन्त हुँदैछ। टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि समूह चरणको अन्तिम खेलमा भिडेका नेपाल र ओमान फाइनलमा फेरी आमने सामने हुँदैछन्। समूह चरणको खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो। अब फाइनलमा एसिया क्षेत्रको छनौटको विजेता हुन नेपाल र ओमान भिड्दै छन्। फाइनलमा पुगेसँगै नेपाल र ओमान अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपका लागि छनौट भइसकेका छन्।

Read More

धनगढी: धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ। शनिबार राति धनगढीकाे राजपुर चाेकमा माेटरसाइकल चेकजाँचका क्रममा भएकाे विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खसीकाे काराेबार गर्दै आएका उनीहरूले राजपुर चाेकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए।

Read More

धनगढी : धगढीमा रोकि राखिएको जीपमा अचानक आगलागी भएको छ। धनगढी उपमहानगरपालिका ४ बसपार्क नजिक ओम शान्ति टोलमा रोकिएको जिपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दमकलले आगो निभाइएको छ। आगलागी के कारणले भएका भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

Read More

डोटी: डाेटीमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ भने पाँच जना घाइते भएकाे छन्। आइतबार बिहान शिखर नगरपालिका- ६ काे अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेकाे हाे। दुर्घटनामा चार जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ। मृत्युु हुनेमा बाजुराकाे हिमाली गाउँपालिका- ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छाेरा कबिन्द्र बुढा र साेही ठाउँ बस्ने बिमला मलालकी८ महिनाकी छाेरी प्रार्थना रहेका छन्। दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

कैलाली : कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका-२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका हुन् ।

Read More

डडेल्धुराः डडेल्धुराको जेसीज वर्ष २०२३ ले आयोजना गरेको जिल्ला स्तरीय खुला भलिबलको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३-० को सोझो सेटमा हराउँदै अनेरास्ववियुले उपाधि हात पारेको हो। उपाधिसँगै अनेरास्ववियुले नगद ५१ हजार १ सय ११ रूपैयाँसहित ट्रफि हात पार्न सफल भयो भने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २५ हजार १ सय ११ रूपैयाँमा चित्त बुझायो। यस्तै, आयोजक जेसीज डडेल्धुराले सशस्त्र प्रहरी गुल्म न. ५२ लाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो। आयजक जेसीजले १५ हजार १ सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्यो। डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक…

Read More

धनगढी : भारतको लखीमपुर- खीरी जिल्लाको सम्पूर्णनगरमा हिन्दु- मुस्लिमबीच दङ्गा भएको छ। दङ्गापछि त्यस ठाउँमा कर्फ्यु लगाइएको सुदूरपश्चिमका डीआईजी कुमार न्यौपानेले जानकारी दिए। सम्पूर्णनगर कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्र हो। हिन्दु र मुस्लिमबीच दङ्गा हुनुको कारण जानकारी नभएको न्यौपानेले बताए। दङ्गापछि सो स्थानमा नेपालीलाई जान रोक लगाइएको उनको भनाइ छ। भिडिओसहित:

Read More