Author: महेन्द्रनगर पोष्ट

धनगढी : सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य खाना फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिजभित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिँदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मःमः, ३ किलो कलर हालेको अचार, ३ किलो कुखुराको मासु र १० लिटर दुध बरामद गरी नस्ट गरिएको छ । अस्पतालको क्यान्टिनलाई…

Read More

धनगढी: अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका प्रमुख तथा प्रहरी हवल्दार शिद्धराज विष्ट सम्मानित भएका छन्। धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा लागेको श्री शिवपुराण ज्ञान महायज्ञ अभिषेकात्मक अनुष्ठान तथा श्रृंगारिक महाआरती कार्यक्रममा उनलाई सम्मान गरिएको हो। उनले साउन महिनाभर बेहडाबाबा मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि यात्रा सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको कमाण्डमा अहिलेसम्मकै राम्रो ट्राफिक व्यवस्थापन भएको दाबी गरिएको छ। यसअघि सो क्षेत्रमा दर्शन गर्न जाँदा भीडभाड लाग्ने गरेको थियो। साथै उनले धनगढी उपमहानगरपालिका–१९ फुलवारी लगायतका क्षेत्रमा पछिल्लो समय उत्कृष्ट काम गर्दै आएका छन्। उनले त्यहाँका नागरिकमा जनचेतना फैलाउनेदेखि ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आएका छन्।

Read More

डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका-१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो। लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।

Read More

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको संयोजकमा राजेन्द्र रावललाई नियुक्त गरेको छ। संगठनले लामो समयदेखि नेतृत्वविहिन रहेको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्दै रावललाई संयोजकको जिम्मेवारी सुम्पिएको हो। संगठनको विधानअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिँदै रोहित बम इन्चार्जले जानकारी दिए। रावलको नियुक्तिसँगै सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले अब संगठनका गतिविधिहरूलाई थप सशक्त बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

Read More

काठमाडौँ : रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताएका छन् । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उनले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे । रक्षामन्त्री राईले भने, “नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।” रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका…

Read More

धनगढी : डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका––२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले प्राविधिक प्रहरी नायब निरीक्षक (सई)लागि लिएको परीक्षामा ५८ जना उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ रिक्त सई पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न २०८० कात्तिक १७ गते विज्ञापन खुलाएको थियो । त्यसअनुसार प्रहरी प्रधान कार्यालयमा सञ्चालित अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो । tec-asi-final_result-2081-04-24Download

Read More

काठमाडौं : नेपाल प्रहरीका आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने उल्लेख गरेको छ । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको बिषयलाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलले ३० वर्षे सेवा अवधि हटाउनेदेखि सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सनमात्रै होइन पदावधिदेखि उमेरहदबारे समेत थपघट गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले आईजीको पदावधि ४ वर्षबाट…

Read More

धनगढी : नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले कार्यभार ग्रहण गरेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित एक विशेष कार्यक्रममा एआईजी बज्राचार्यलाई स्वागत गरिएको छ। यसै अवसरमा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाटमा सरुवा भएका एआईजी दीपक थापाको विदाई तथा फेरी भेटौंला कार्यक्रम पनि सम्पन्न भएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख गरेपछि यसबारे गृहकार्य अघि बढाइएको हो । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको १६ वर्षमै पेन्सनको व्यवस्थालाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलका संयोजक तथा सहसचिव आचार्यले १६ वर्षमै पेन्सन सुविधा दिनुपर्ने विषय समेटेर प्रतिवेदन बुझाएको बताए । उनका अनुसार १६…

Read More