Author: महेन्द्रनगर पोष्ट

भजनी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उनले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन् । “अर्बौंको लगानीको संरक्षण नहुँदा पनि कर्णाली नदीको जोखिम कम गर्न सकिएको छैन, त्यसका लागि उत्खनन मापदण्डअनुसार मात्रै गर्न आवश्यक छ”, मन्त्री बस्नेतले भने, “नदी नियन्त्रणका लागि तटबन्ध गर्दै जाने उता उत्खनन पनि हुँदै जाने हो भने त्यहाँ तटबन्धको औचित्य छैन ।” आयोजनाले नदीमा गरेको तटबन्ध कर्णाली नदीले वर्षेनी बगाउँदै लगेको छ ।…

Read More

काठमाडौँ: नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको दोस्रो सम्मेलनले सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबीच निर्वाचन भएको थियो। उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्रकुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर निर्विरोध निर्वाचित भएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागुऔषधपिहत दुई जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन्।

Read More

धनगढीः बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीका रामबहादुर बुढाको तीन तले घरमा आगलागी भएको हो। बुढाको घरमा विद्युत् लाईन सट भएर आगलागी भएको बाजुरा प्रहरीले बताएको छ। मङ्गलवार बिहान खाना पकाउने क्रममा विद्युत् लाईन सट भएर घरमा आगलागी भएको हो। स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उनको घरमा भने पूर्ण क्षति भएको छ। घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति एको छैन।

Read More

डोटी : जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरिएको छ। मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्घाटन गरेका हुन्। नवनिर्मित भवनहरूको निरीक्षण गर्दै कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा–पत्र प्रदान गरे । कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयार रहेको बताए। उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdfDownload

Read More

दार्चुला: निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा सर्पराज बडू निर्वाचित भएका छन् । संघको छैटौँ अधिवेशनअन्तरगत सोमवार भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार लालबहादुर चन्दलाई १६ मतले पछि पार्दै बडू निर्वाचित भएका हुन् । बडूले ८१ मत प्राप्त गरका छन भने उनका प्रत्यासी उम्मेदवार चन्दले ६५ मत प्राप्त गरे । दुबै काँग्रेस निकट उम्मेदवार हुन् । यस्तै प्रथम उपाध्यक्षका लागि भएको निर्वाचनमा ९६ मतसहित जय बहादुर पाल निर्वाचित भएका छन् भने उनका प्रत्यासी उम्मेदवार कल्यान सिंह कार्कीले ४९ मत प्राप्त गरे । द्धितीय उपाध्यक्षमा भुवन सिंह भण्डारी निर्वाचित भएका छन् । उनी नर बहादुर बमलाई पछि पार्दै बिजयी भएका हुन् । भण्डारीले ९६…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गरे । “सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्”, उनले प्रश्न गरे, “यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रोमात्र भइरहेको छ । म आज…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् । उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई बिदा गर्ने संकेत गरेका हुन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ(आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैँसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक…

Read More

काठमाडौँ: युवा वैज्ञानिक मार्सल रोकाले उच्च अदालतको आदेशपछि अदालतसामु आत्मसमर्पण गरेका छन् । धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई उच्च अदालत दाङले थुनामा राखी कारबाही गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङले मार्सलले अदालतमा सीधै आत्मसमर्पण गरेको जनाएको छ । उच्च अदालतको आदेशपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले खोजी गरिरहेकै वेला उनले अदालतमा आत्मसमर्पण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको छ ।

Read More