Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन्। सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ। महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ। सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन्। पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। अब सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन्।

Read More

काठमाडौं : यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ। दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। आकाश चन्द ४ रनमा अविजित रहे। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्। अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए। अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट…

Read More

ललितपुर : ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो। एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन्। घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

Read More

काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ । घाइते हुनेमा दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का रहेका छन्। उनी तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए। खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए। उनी तीन महिनाअघि दुबई हुँदै रुस पुगेका थिए। रुसमै रहेका अर्का नेपालीले बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार थालिएको छ।

Read More

काठमाडौं : यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले २२ रन जोड्दा ६ विकेट गुमाइसकेको छ। नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको हो। उनी ४ रनमै एल्बीडब्लू धरापमा परे। नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई शून्यमै गुमायो। उनी शून्यमै बोल्ड भए। नेपालले चौथो विकेटको रूपमा कप्तान देव खनाललाई गुमाउन पुग्यो। उनी २ रनमै आउट भए। नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो। उनी आराध्या शुक्लाको बलमा क्उाच आउट हुन पुगे। नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो। उनी राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए। नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक…

Read More

काठमाडौं : अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन्। महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन्। महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए।

Read More

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ । तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौंः नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन। खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन्। नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन्। विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन्। एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गरे। ‘पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छौँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौं’, उनले भने, ‘यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन।’ दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उनले बताए। ‘पोलमा विद्युत्का…

Read More