Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र प्लाष्टिकजन्य सामग्रीहरुमा विक्री वितरणमा रोक लगाएको छ। तिहार तथा छठ पर्वमा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात विक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको पालिकाले सूचनानै जारी गरी जानकारी गराएको छ। सुचनामा सम्पूर्ण उद्योगी, व्यापारी तथा आम नगरबासीहरुलाई अनुरोध सहित सबैलाई सम्बोधन गर्दै प्रतिबन्ध गरेको जानकारी गरेको छ। नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात, विक्री वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत…

Read More

सिड्नी : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ऐतिहासिक भ्रमणका क्रममा चीन प्रस्थान गरेका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत हो । उनको बेइजिङ र साङ्घाईको चार दिने भ्रमण सात वर्षमा कुनै पनि अस्ट्रेलियाली नेताको पहिलो भ्रमण हो । अर्बौं डलरको व्यापारिक नोक्सान हुनेगरी कूटनीतिक विघटन भएपछि दुई मुलुकबीचको सम्बन्ध सदृढ स्थितिमा रहेको छ भन्ने रूपमा यो भ्रमणलाई हेरिएको छ । गत वर्षको मे महिनाको निर्वाचनपछि अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको सामना गर्दै आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग मित्रतापूर्ण सम्बन्ध बनाउने प्रयासमा चीनसँग दोहोरो रणनीति अपनाएको छ । अघिल्लो सरकारले फाइभ…

Read More

काठमाडौं : नेपालमा अमेरिकासहित ९ देशका सेनाले विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन् । विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो । नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । नेपाली सेनाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको छ । उक्त तालिम अभ्यासमा विपद् व्यवस्थापन कार्यमा नेपालबाट सबैभन्दा बढी २१० जना सहभागी हुनेछन् । नेपाली सेनासँगै विपद व्यवस्थापन कार्यमा आबद्ध नेपालका सरकारी तथा गैर सरकारी निकायबाट…

Read More

धनगढीः सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ। कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसुति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो। अस्पतालले शुक्रवार एक सूचना सार्वजनिक गर्दै दुई स्त्री रोग विशेषज्ञसहित तीन जना जना नवौं, मेडिकल अधिकृत (आठौँ) र जना सातौँ तहका बामोमेडिकल इन्जिनियरको माग गरेको हो। २१ वर्ष पूरा भएर ४५ वर्ष पूरा नभएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ। इच्छुकलाई एक साता दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ।

Read More

काठमाडौं : ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोकबाट लिएको नेपाली नागरिकता रद्द गरेको हो । छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए। तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ। नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए । उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन्।

Read More

काठमाडौँ : कोशी प्रदेशका नव नियुक्त गणेश उप्रेती र कमल जबेगुले शपथ ग्रहण गरेका छन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

Read More

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५, शक्तिपुरकी २८ वर्षीया सिर्जना भनिने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो । चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेलामा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । बाख्रा चराउन गएकी उनी दिउँसो साढे २ बजे बेपत्ता भएकोमा साढे ३ बजे शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ ।

Read More

सुर्खेत : भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए । उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको जानकारी भन्ने खबर पाएको अध्यक्षले बताए । आफन्तले शव बुझ्ने तयारी गरेको उनले बताए । सिजनको परिवार रोजगारीका…

Read More

काठमाडौँ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

Read More

डडेल्धुराः गायक तथा संगीतकार शिवम भण्डारीको आवाजमा पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सदिक्षा फिल्मस् युटूब च्यानलबाट ‘कोसौं दूर’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा शव्द, संगित र स्वर शिवम आफ्नैको रहेको छ भने संगीत संयोजन किरण कँडेलले गरेका छन्। संजीव रावल ‘सिमसिम’ को निर्देशनमा रहेको उक्त म्युजिकल फिल्ममा दिवश नाथ, सविना धामी, सुवाश बोम्जन, बोन्दिता धामी, शिवम भण्डारी, धनिराम गिरी र भीमबहादुर पाण्डेयलगाएतका कलाकारको अभिनय छ। गीतको भिडियोमा राजनीतिक दलको झुठो आश्वासनमा फसेर युवाहरू विदेशीएको र गाउँमा मलामीसमेत नपाएको कारुणिक कथालाई समेटिएको छ। शिवम डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटामा जन्मिएका हुन्। उनले शास्त्रिय संगितमा स्नातक गरेका छन्। बिभिन्न ‘रियालिटी शो’मा…

Read More