Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो । द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।  पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका छन्। उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध ९ब्राउनसुगर० समेत प्रहरीले बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

टीकापुर : टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका(२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो । अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्। जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिने बताए…

Read More

नयाँ दिल्ली : भारतकाे नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ। दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै विषाक्त धुवाँबाट राजधानीवासीलाई राहत दिने उद्देश्यले नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन चलाउन रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धुवाँले ढाक्दछ। छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँरहजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ। अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन…

Read More

काठमाडौं : विहे गर्न लिखित कागज गरेका नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले कुरा फेरेकी छन् । उक्त कागजको वैधानिकतामाथि प्रश्न उठाउँदै चन्दले सामाजिक सञ्जालमा लगातार स्टाटस लेखेर बिहे नगर्ने बताएपछि बरालले पनि मन फेरेकी हुन् । आज फेसबुकमा उनले लेखेको लामो स्टाटसमा आफूलाई बिहे गर्ने कुनै रहर नभएको तर चन्दकै आग्रहमा उक्त कागज गरिएको उल्लेख छ । ‘मलाई बिहे गर्नसँग त्यत्रो शोख छैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक, कानुनी तनाव धेरै नै थपिएको थियो’, उनले भनेकी छन्, ‘सबैले सोध्न थालेपछि के गरेँ गरेँ भनेर झनै तनाव…

Read More

कैलाली : नेकपा एमाले कैलालीले आयोजना गर्ने तयारी गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले ठूलो मानवीय क्षति गरेपछि कार्यक्रम स्थगित गरिएको हो । कैलाली एमालेका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले सोमबार एक विज्ञप्ति जारी गरेर पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले पार्टी कमिटीले १ लाख ११ हजार १११ रुपैयाँ भूकम्प पीडितका लागि सहयोग गर्नेसमेत जानकारी दिए ।

Read More

काठमाडौँ: जाजरकोट भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् । दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन् । यी सामग्री काठमाडौँ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको पनि राजदूत सङले बताए । चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली…

Read More

दार्चुला: दार्चुला जिल्लाकी प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रकी नेता लक्ष्मी विक कृषि प्राविधिक टोलिसहित जनताको घर दैलोमा पुगेकी छिन् । अहिले जिल्लाका जनता, पार्टीका नेताहरू संग भेटघाट र दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा रहेकी प्रदेश सभा सदस्य लक्ष्मी विक जिल्लाको मालिकार्जुन गाउपालिका गाउँपालिका-७ डिन्सी रतकोट लगायत क्षेत्रका जनताको घरदैलोमा कृषि प्राविधिक सहितको टोलि लिएर जनताको घरदैलोमा पुगेकी हुन् । विक कृषि ज्ञान केन्द्र दार्चुलाका प्राविधिकहरू र कार्यालय प्रमुख सिद्धराज उपाध्याय समेतको टोलि सहित जनताको घर-घरमा पुगेकी हुन् । सोहि अवसरमा त्यहाँका जनताले कृषिमा भोग्नु परेको समस्या, चुनौति र सामाधानका विषयमा स्थानीय जनता संग प्रत्यक्ष रूपमा अन्तरक्रिया…

Read More