Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर ती सैनिक घाइते भएका हुन्। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएको लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । समाचारमा जनाइएअनुसार नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको छ। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। उनको अवस्थामा भने सामान्य रहेको समाचारमा उल्लेख छ।

Read More

काठमाडौं: अभिनेत्री मनीषा कोइराला लन्डनस्थित बेलायती संसद हाउस अफ कमन्समा सम्मानित भएकी छन्। सिनेमा जगत र सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। बेलायती सांसद इमरान हुसेन र एशियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतीमा पटेलले कोइरालालाई सम्मान प्रदान गरेका थिए। सम्मानपछि कोइरालाले आफूलाई संसदमा प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा समावेश गरेकोमा धन्यवाद दिएकी छिन्। ‘म यी भव्य समूहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु’ उनले भनिन्।

Read More

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र साविक विजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारत अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा इंग्ल्याण्ड सेमिफाइनलको सम्भावना जीवित राख्ने दाउमा छ । जारी विश्वकपमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ भने साविक विजेता इङ्ल्यान्डको प्रदर्शन कमजोर देखिएको छ । इंग्ल्याण्ड आज भारतलाई रोक्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ । जारी विश्वकपमा पाँच खेलमा शतप्रतिशत जित निकालेको भारत १० अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्षस्थानमा उक्लने छ । इङ्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एकमा जित निकालेर २ अङ्क जोडेको छ…

Read More

काठमाडौं :चार दिने औपचारिक भ्रमणका लागि गएराति नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महत्वपूर्ण भेटघाटहरू आजै गर्ने भएका छन्। गएराति १ बजे नेपाल आएका महासचिव गुटेरसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजेपछि र राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट्ने कार्यक्रम रहेको छ। २ बजे प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन्। प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका…

Read More

मुगु : जिल्ला प्रहरी कार्यालय मुगुले हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ। छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार हत्या गरेको अवस्थामा मृत फेला परेका थिए। छायानाथ रारा नगरपालिका –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए। अहिलेसम्मको प्रारम्भिक…

Read More

टीकापुर : बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो। बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ। त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन्। कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ। उनी बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउछन्। “हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उनी भन्छन्, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन्।” विद्यालयमा हुने बाल क्लब,…

Read More

बझाङ: बझाङमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको जयपृथ्वी नगरपालिका –५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी हुन्। सुनी पिपलचौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ। जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

तेल अबिब: इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ। यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन्। गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आह्वान अस्वीकार गरेका थिए। उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए। हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको…

Read More

बारा : बाराको जीतपुर सिमरा उपमहानगर–२ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

Read More

कैलाली :  सीमा क्षेत्रका सहरमा  एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।”भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक  पाँचसय दरको भारु नोट नचल्ने…

Read More