Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एमाले मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले प्रधानमन्त्रीले अधिकार दिन नचाहेकाले सडक आन्दोलन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद ठाकुरले सङ्घीयता रहे मात्र आफूहरुरहने बताए । ‘सङ्घीयता रहेन भने हामी किन रहने रु कसरी रहने ?’, उनको प्रश्न थियो, ‘सङ्घीयतालाई स्थापित र मजबुत पार्न सडक आन्दोलन गरौँ ।’ सांसद ठाकुरले भोलिदेखि नै सडकमा १०७ सांसद उभिएर केन्द्रीय सरकार र प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न पनि सबै दलका सांसदहरूलाई आग्रह गरे । उनले आफू अहिले नै संसदमा उभिएर प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न चाहेको र सभामुखमार्फत् प्रधानमन्त्रीलाई जाहेर गर्न चाहेको बताए । सङ्घीयता कार्यान्वयन गर्न…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएसँगै हिजैबाट सरकारी वकिलले बहस थालेका थिए । काठमाडौँ जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपिठ (अस्वीकृत) हुने सर्वोच्च अदालत प्रशासनको आदेश बदर गरेको हो । सर्वोच्च अदालतको यो आदेशसँगै गतवर्ष बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने माग अदालत प्रवेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट तयारीको अन्तिम दिन १४ जेठ, २०७९ मा अवकाशप्राप्त नासु रघुनाथ घिमिरे अर्थ मन्त्रालयमा प्रवेश गरेका थिए । मन्त्रालयमा प्रवेश गरी बजेटमा करको दर हेरफेर गरेको आरोपपछि संसदीय छानबिन समिति समेत बनेको थियो ।…

Read More

डडेल्धुरा: मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात गर्न बैतडी जान लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाजेको खिर पसलमा खिर खाएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत शाहुखर्कमा रहेको उक्त पसलमा केही बेर आराम गरेर उनले खिर खाएको तस्बिर सार्वजनिक भएको छ। उक्त खिर पस स्वर्गीय शेरबहादुर देवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’…

Read More

कञ्चनपुर: निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्। निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्। सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्त भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरूको भनाइ छ। घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा…

Read More

दिल्ली: यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्–श्रीमतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’ विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै…

Read More

अछाम : लामो समयदेखि करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायम रहेको छ। कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबीचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि पनि हुन सकेको छैन। दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए। तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो।…

Read More

मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन्। तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले सडक कालोपत्र गर्ने ठेक्का लिएर अझै काम सुरू नगरेपछि वडा अध्यक्षकै अनुगावाईमा सडक अवरूद्ध गरिएको हो। विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले गत कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन। उसले एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो। कम्पनी काम छोडेर बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन्। पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने…

Read More

काठमाडौं : नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ। विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ। प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग…

Read More