Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका- ४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको हुन्। महाकाली नदीको किनारमा मृत फेला पर्ने पुरुष दुहुँ गाउँपालिका-२ हिकिलाका ४५ वर्षीय जयराम टमटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए। घटनाको बारेमा प्रहरीलाई बेलुकी ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको बताइएको छ। मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेट्टिएको छ। उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धानको…

Read More

काठमाडौँ : राष्ट्रिय सभाको अर्को बैठक आउँदो कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि गएको असोज २९ गतेको सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

Read More

डडेल्धुरा : डडेल्धुरा जेसीजको इतिहासमै सर्वाधिक धनराशिको भलिवल प्रतियोगिता हुने भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जेसीजले जिल्ला स्तरीय  खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो। डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखी १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा भलिवल प्रतियोगिताको आयोजना गरिन लागिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए। कात्तिक १६ गते विहान ११ बजे जिल्ला स्तरीय खुला पुरुष भलिवल प्रतियोगिताको खेल सञ्चालन हुने उनको भनाइ छ। खेलहरू डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रवासको प्राङ्गणमा हुने छन् भने जिल्ला बाहिरका खेलाडीलाई सहभागी गराइने छैन्। तर, जिल्लामा कार्यरत संघ संस्थाका खेलाडीले सहभागीता जनाउन पाउने छन्। उनले…

Read More

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन्। जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमण क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि छ। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखरा भ्रमण गर्ने छन्। महासचिवका साथमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जीन…

Read More

महोत्तरी : जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन्। बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा रु ५० मा एउटा सिक्री किनेका थिए। सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए। तर, फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक…

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो। संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ। गत असोज २० गते दुई नेताबिच भेट भएको थियो।

Read More

काठमाडौं : नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो। नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए। पहिलो ओभरमा नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब सुरुवात गरेको थियो। त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट…

Read More

मुगु : मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो। थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको…

Read More

धनगढी : नेपालमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत शुक्रबार भएको फाइनलमा नेपाल र यूएईबीच खेल भइरहेको छ। सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको छ। १६३ रनको विजय लक्ष्य पछ्याएको यूएईले अहिलेसम्म नेपालमाथि दबाब बढाएको छ। यूएईले १२ ओभरमा १०३ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ। नेपालका लागि गूलसन झाले दोस्रो विकेट लिएका हुन्। उनले मोहम्मद वसिम र आशिफ खानको विकेट लिएका हुन्। कुशल मल्लले आयान्स शर्माको विकेट लिएका हुन्।

Read More

काठमाडौं : त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो। पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो। नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो। आसिफ १२ बलमा…

Read More