Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै योग ढकाल (रिगल) लाई कैद गर्न परमादेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको न्यूरोड क्षेत्रबाट रिगललाई पक्राउ गरिएको बाँकेका एसपी सुभास बोहोराले जानकारी दिए। संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले रिगलको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै रिगल कारागारमुक्त भएका थिए। ०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए। मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका…

Read More

काठमाडौं: सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ। अब सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।  बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो। चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरेका छन्। कन्चनपुरका जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भइसकेकोले उनलाई उद्धार गर्न सरकारले यथाशीघ्र पहलकदमी गर्नुपर्ने उनले बताएका हुन्। उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु।’

Read More

काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ। नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो। मूलपानी क्रिकेट मैदानमा खेलाइने खेल शुक्रवार हुनेछ। यूएईसँगको खेलमा जितेमा नेपाल विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता हो। बिहीबार बिहान भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नु अगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। खेल भोलि बिहान ११ बजे सुरु हुनेछ।

Read More

काठमाडौँ : जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन्। जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलले बताए। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए। तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो।

Read More

धनगढीः नेकपा (एमाले) ले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यपहाडी यात्राको तयारीका लागि दुईजना उपमहासचिवको टोलीलाई स्थलगत रुपमा खटाएको छ। पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको नेतृत्वमा टोली खटाइएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार उपमहासचिव प्रदिप ज्ञावालीको टोली हिजो साँझै विराटनगर पुगेको छ भने अर्का उपमहासचिव बिष्णु रिमालको टोली आज बिहान धनगढीतर्फ आएको छ। उपमहासचिवसँगै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्द लगायतका नेताहरु काठमाडौंबाट धनगढीतर्फ आएका छन्। उनीहरुले धनगढी हुँदै बैतडी र अन्य विभिन्न जिल्लाहरुको स्थलगत निरीक्षण…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका एक जना वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ। गएराति कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष वसन्त चौधरीको अपाची मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ। उनको सुदूरपश्चिम प्रदेश ०१००९ प ९३२३ नम्बरको बाइक गोठमा राखिएको बेला चोरी भएको हो ।

Read More

धनगढीः सरकारी कार्यालयको समय एक घण्टा कम भएको छ। आजदेखि आगामी माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजे तोकिएको छ। शुक्रबारको दिन दिउँसो ३ बजे कार्यालय बन्द हुने छ। बैंक तथा वित्तीय संस्थाहरु भने माघ १५ गतेसम्म शुक्रबार बिहान १० बजे खुलेर दिउँसो साढे १ बजे बन्द हुन्छन्। जाडो समयमा दिन छोटो हुने भएकाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम हुने गरेको छ।

Read More

धनगढीः कञ्चनपुरमा भान्छा कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहितका छन्। उनीहरूको साथबाटनगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डी बरामद गरिएको छ।

Read More

काठमाडौँ: सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो। बैठकबाट संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

Read More