Author: महेन्द्रनगर पोष्ट

बारा : बाराको जीतपुर सिमरा उपमहानगर–२ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

Read More

कैलाली :  सीमा क्षेत्रका सहरमा  एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।”भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक  पाँचसय दरको भारु नोट नचल्ने…

Read More

काठमाडौं: मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुर घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका–११ घर भई हाल ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो। ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका–१६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज१२प ७१५४ नम्बरको मोटर साइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए। सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्यरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

Read More

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति एक बजे अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा खुल्ला भलिबल प्रतियोगिताको हुन लागेको हो । प्रतियोगिता कार्तिक १६ देखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तेस्रोलाई १५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुस्कलबहादुर बमले बताए। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत बेस्ट प्राईज दिइने छ। उनका अनुसार टिम दर्ता शुल्क २ हजार ५ सय राखिएको छ। खेलमा सहभागीता हुन चाहानेले १५ गते बेलुका सम्म टीम दर्ता गरिसक्नुपर्ने छ।

Read More

मुगु :प्रहरीले मुगुमा भएको सामुहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ। मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शव भेटिएपछि प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए। सदरमुकाम पुग्न चार घण्टा भन्दा बढी लाग्ने भएकाले पोष्टमार्टम भोलि हुनेछ। वैदेशिक रोजागारीमा…

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा शनिबार राति नेपाल आउँदै छन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले कात्तिक १४ गते सङ्घीय संसद्को…

Read More

काठमाडौँ : गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न नेपाली काँग्रेस सर्लाहीले माग गरेको छ। नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमारमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गरेका हुन्। गत कात्तिक ७ गते राति गाउँपालिका अध्यक्ष रुपेश कुमारमाथि आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको थियो। गाउँपालिका अध्यक्षमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गर्ने घटनालाई सर्लाही काँग्रेसले लोकतन्त्र विरोधी, आपराधिक मानसिकताको उपज भएको घटना मान्दै निन्दा गरेको छ। सभापति सिंहले विज्ञप्ति प्रकाशित गरी गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्ने जोसुकै भए पनि तुरुन्त पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय…

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ । शुक्रबार (हिजो) राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए । शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । “जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो,” परिसरको शोक विज्ञप्तिमा उल्लेख छ, “उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ ।” परिसरले कार्कीप्रति श्रद्धाञ्जली…

Read More