Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ :   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

Read More

महेन्द्रनगर: मुलुकभर दसैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।   छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । “दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भने, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै…

Read More

काठमाडौं : आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको आदि खानाले ग्यास्ट्रिक बनाउँछ । त्यसैले दसैंका बेला चिल्लो पिरो खादा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्तै अर्को भनेको अनिद्रा तथा मानसिक तनावले पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक भएको बेला पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पेट दुख्ने, पेट फुल्ने, वाकवाकी आउने आदि यसका लक्षण हुन् । यदि घाउ नै भयो भने त्यसलाई अल्सर मानिन्छ । ग्यास्ट्रिक भएका व्यक्तिले विशेषगरी खानपिनमा ध्यान दिनुपर्छ ।…

Read More

बैतडी: बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा आज जात्रा लाग्दै छ। जिल्लाको पाटन नगरपालिका– ६ स्थित उदयदेव मन्दिरमा हिजो जात्रा सुुरु भएकोमा आज पशुबलिसहित भव्य जात्रा लाग्दै छ। महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको छ । यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दुई दिन मदिराको विक्रि वितरणमा रोक लगाइएको बताइएको छ। उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको बताइएको छ। स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने…

Read More

धनगढीः कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–६ सिमरीबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित कैलालीको बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सीपुर का २० वर्षीय सुनील चौधरी आइतबार बिहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाइ लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

पाल्पा : पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौ : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। मार्कण्डेय…

Read More

धनगढीः इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव हिजो (आइतबार) धनगढी पुगाइएको थियो। धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो। चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको हो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १०…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Read More

काठमाडौं : पाल्पाको रानीमहल तानसेन सडकखण्डको बैकुण्ठ भिरमा आइतबार साँझ स्कारपियो जीप दुर्घटना हुँदा दशैंको मुखमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । ७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नं को स्कारपियो जिप ७२०९ नम्बरको जिप साँझ करिब ५ बजेतिर सो स्थानमा दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । उनीहरु एकै परिवारका हुन् । मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी उनकी आफन्त ५५ पर्षीय चुना धिताल, बुहारी ३५…

Read More