Author: महेन्द्रनगर पोष्ट

धनगढीः इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाईएको छ । इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आईतबार फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको र नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै धनगढी ल्याएको हो। चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको हो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र…

Read More

काठमाडौँ : प्यालेस्टिन विद्रोही समूह हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव काठमाडौँ आइपुगेको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल आइपुगेको हो । न्यौपानेको शव गए राति आइपुगेको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…

Read More

गाजा : प्यालेस्टिनी रेड क्रिसेन्टले अस्पतालहरू सञ्चालन जारी राख्ने हो भने गाजामा मानवीय सहायतामा इन्धन समावेश गरिनुपर्ने बताएको छ। बीबीसी रेडियो ५ लाइभ कार्यक्रममा बोल्दै, रेड क्रिसेन्टका नाबेल फसाखले भने, ‘यस मानवीय सहायतामा इन्धन समावेश छैन जुन अस्पतालहरू सञ्चालन जारी राख्नको लागि महत्त्वपूर्ण छ।’ गाजाको अवस्थालाई ‘हृदयविदारक’ भनेर वर्णन गर्दै उनी भन्छन्, “यदि हामीसँग इन्धन सकियो भने अस्पतालहरू बन्द हुनेछन्।” इजिप्टसँगको गाजाको सिमानामा रहेको रफाह सीमा नाका शनिबार खोलिएको छ। इजरायलले राहत सामग्रीले भरिएका २० ट्रकलाई गाजा प्रवेश गर्न अनुमति दिएको छ । जसमा औषधि, खाना, पानी र कफिनहरू थिए तर इजरायलले इन्धनलाई सीमा पार गर्न अनुमति दिन अस्वीकार गरेको…

Read More

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल गरेका छन् । उनले विभिन्न पाँच तर्कहरू प्रस्तुत गर्दै यस्तो अपिल गरेका हुन् । राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले बताएका छन् । ‘अब त झन् सबै पार्टीले जटिल समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दो रहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै सम्भावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक…

Read More

एजेन्सी : सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ । सिरियाली अरब समाचार एजेन्सीले दमास्कस र एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको जनाएको छ । आक्रमणका कारण विमानस्थलका रनवेमा क्षति पुगेको छ । अहिले उडानहरू रोकिएका छन् । इजरायलका अनुसार यी विमानस्थलको सहयोगमा इरानी हतियारहरू हिजबुल्लाहलाई पठाइँदै थियो । सिरिया र लेबनानमा हिजबुल्लाह निकै शक्तिशाली छ । गएको हप्ता पनि इजरायलले यी दुवै विमानस्थललाई निसाना बनाएको थियो ।

Read More

दार्चुला : दार्चुलामा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा – ४ मर्मती पन्तबगर बस्ने ३० वर्षिया  पार्वती बिष्टको खर काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो । स्थानीय पुष्कर बिष्टका अनुसार आइतबार मध्यान्नः १२ बजेको समयमा मेलेगाड खोलामा खरकाट्ने क्रममा बिष्ट भिरबाट लडेकी हुन् ।

Read More

धादिङ : भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।पटक-पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो।

Read More

काठमाडौं: नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त गर्न आह्वान गरे । हमासको कब्जामा परेका जोशी कहाँ छन् भन्ने थाहा नभएको उनको भनाइ छ। ´हामीले जोशीको खोजी जारी राखेका छौं,’ राजदूत गोडेरले आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै भने। त्यसैमा थप्दै उनले भने, ‘उनी कुनै पनि टक्कर (कोलिसन) सँग आवद्ध नरहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय स्तरमा समुदायलाई खोज्न आग्रह गरिरहेका छौं र आतंककारीलाई पनि उनी लगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेका छौं ।’

Read More

काठमाडौं : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्।  पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्। नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएकोसे नाले जनाएको छ।

Read More

अछामः अछामको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका हर्कबहादुर बोहराको घरदेखि ५०० मिटर टाढा रहेकोे कुखुरा फर्ममा शनिबार साँझ आगलागी भएको हो। बिजुलीको तार सट हुन गई आगलागी हुँदा फर्ममा रहेका ६०० चल्लाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More