काठमाडौँ: किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन्। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिए…
Author: महेन्द्रनगर पोष्ट
फिक्कल: इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे । नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।” अब फेरि देशले अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उनी बताउछन् । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान…
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज सार्वजनिक बिदा दिएको जनाएको हो । अमरगढी-१ का वडा सचिव खगेन्द्रप्रसाद पन्तको २५ गते राति सवारी दुर्घटनामा परी निधन भएको थियो । उनको निधनमा नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
बैतडी: बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँडका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलबार मृत्यु भएको हो । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका उनको हृदयघातका कारण मृत्यु भएको उनका आफन्त समेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए । मृतक साउँदका एक छोरी र श्रीमती छन् । उनीहरु पनि दिल्लीमै रहेका बताइएको छ ।
बैतडी: बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा शरथचन्द नगरपालिका-४ का बिकीराम भुल र सोही ठाउँका विनोद भुल रहेका छन् । उनीहरुको खुट्टामा चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राति महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिक न्वालीबाट सिल्लेगडातर्फ आउँदै गरेको से३प ९४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेपछि उनकै निवास बालुवाटारमा राखिने भएको छ । दिउँसोसम्म भने एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिनेछ । उनको भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो ।
काठमाडौँ: लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य मंगलवार साँझ सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने…
बैतडी: बैतडीमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) हाजिर भएका छन्। बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी हाजिर भएका हुन्। निर्वतमान प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएपछि बैतडीमा नयाँ(डीएसपी)को रुपमा गिरी हाजिर भएका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरी बैतडी प्रहरी प्रमुखको रुपमा सोमबार देखि हाजिर भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
धनगढी: बैतडीमा आज (मंगलबार) दुर्घटना भएको छ। जिल्लाको पाटन–मेलौली सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ अड्तोलामा एक जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा २ जना यात्रु घाइते भएका छन्। डडेल्धुराबाट मेलौलीतर्फ जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जीप मंगलबार राति करिब १० बजेतिर अड्तोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर शिवनाथ गाउँपालिका १ का प्रकाश चाँड र उनकी ५ वर्षीया छोरी अनुस्का चाँड घाइते भएकी छन्। अहिले घाइते दुबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। जीप नालामा खसेर दुर्घटना भएको र जीपमा जम्मा…