Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। उनले दिएको जानकारी अनुसार ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकोले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको बताए।

Read More

काठमाडौं : पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ। दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् । 

Read More

कञ्चनपुर : कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ । किसानलाई ६९  पावरटिलर र ४६  मिनी पावरटिलर वितरण गरेको हो । नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनीटिलर वितरण गरेको छ । “सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ”, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, “दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।” उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र…

Read More

कञ्चनपुर : चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भने, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।” चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य…

Read More

सुर्खेत: ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन्। उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम १५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ वर्षीय विज्ञान बस्नेत शुक्रवबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधि उचालेसँगै आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ। प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गरे। त्यसैगरी खुलातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ। त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधि बेलौरी…

Read More

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा बा७८ प ३६४६ नम्बरको मोटरसाईकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साईकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको शुक्रबार राति मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। मोटरसाइकल र चालक लम्कीचुहा नगरपालिका७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट १.३७ ग्राम लागुऔषध खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१० का २४ वर्षीय प्रमल नाथ शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेटभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। मोटरसाइकलसहित नाथलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More