Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिकाे अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। स्रोतका अनुसार अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कन्दकला रानाले पनि उम्मेदवारी फिर्ता लिन करिब सहमति भसकेको छ। उनले उम्मेदवारी फिर्ता लिए उपसचिवमा भागरथी विष्ट चयन हुनेछन्। कमिटिकाे सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्। उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्। को हुन् जैसी ? कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित…

Read More

धनगढी: एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन्। सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्। सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन्। उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ। उपसचिवमा महिलातर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ। उनीहरु बीच पनि सहमतिको प्रयास भइरहेको छ।

Read More

बैतडी: बैतडीको श्रीभावर–हाट सडकखण्ड अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो । गएराति गएको सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । पहिरो गएर सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरुबीच उपसचिव पदमा सहमति नहुँदा अधिवेशन लम्बिदै गएको छ । शनिवारदेखि सुरु भएको अधिवेशन विहीबारसम्म पनि अधिवेशनले पदाधिकारी तथा नेतृत्व चयन गर्न सकेको छैन । उपाध्यक्षमा मनोनयन दर्ता गरेका पाँच जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन । अध्यक्षका उम्मेदवार भरत साउदले आफ्नो पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति भए अध्यक्ष र सचिव पदमा उम्मेदवारी फिर्ता लग्ने सर्त अघि सारेका छन् । अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट हुन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए…

Read More

काठमाडौं : भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अस्पतालमा उपचार जारी छ ।

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषधसहित फेला पारी दुवैजनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो। गुप्ताले घरमा सञ्चालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब ९ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो। बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

काठमाडौं: इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे इजरायल प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश ल्याउनेछ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव भने तत्काल नआउने भएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ। चार जना घाइते भएका छन् र एक जना अझै सम्पर्कविहीन छन्।

Read More

बझाङ: बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ।बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।  बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्। १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए।

Read More

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More