Author: महेन्द्रनगर पोष्ट

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । उनका अनुसार चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Read More

काठमाडौं : इजरायलमा प्यालेस्टाइनको इस्लमिस्ट समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ। मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन्। ‍द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ।

Read More

धनगढी : कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ । निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो । प्रदेशकाे नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भए पनि यहाँ दुई प्यानलबीच भिडन्त हुने देखिएको छ । नेताहरू कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारीबीच माेटामाेटी सहमति भइसकेकाे छ । उनीहरूले जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरूको सहमतिकाे खाकामा उपाध्यक्षमा बाजुराका कालीबहादुर शाहीको नाम छ भने सचिवमा कैलालीका रणबहादुर चन्दकाे नाम छ। यस्तै उपसचिव कैलालीका नेपालु चाैधरी र कञ्चनपुरका कलसा…

Read More

धनगढी : प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छैनन्। कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३  का जोशी सम्पर्कमा आउन नसकेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन्। विपिनको पहाड घर बैतडी दोगडाकेदार गाउँपालिका-१ रिम हो। सम्बन्धित समाचार हमासको आक्रमणपछि साथीको सम्पर्कमा आएका कञ्चनपुरका विपिन अझै सम्पर्कविहीन

Read More

डडेल्धुराः परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको सयुक्त आयोजनामा परशुराम नगरपालिका ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो। असोज २९ बाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ। स्व नारयण कठायतको स्मृतिमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएकोछ। प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए।

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। निर्वाचन कमिटीले आज दिउँसो १ बजेदेखि मतदान हुने बताएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ। सचिवमा रणबहादुर चन्द, राजेश…

Read More

काठमाडौं : हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन्। सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न एसइई परीक्षा प्रदेशस्तरमा अनिवार्य सञ्चालन गर्नु पर्ने माग सरकारकै स्वामित्वमा रहेको सार्वजनिक विद्यालयका शिक्षकहरूले आवाज उठाएका छन्।कक्षा १० को एसइई खारेजी गरी विद्यालयालई नै सुम्पेको छ। तर विद्यालयमा विद्यार्थीसँगै शिक्षण सिकाइमा दिनरात साथै हुने शिक्षकले कक्षा १० को एसइई खारेजीले समग्र विद्यालय शिक्षाको गुणस्तर खस्काउने तर्क गर्दै परीक्षा हुनुपर्ने र…

Read More

काठमाडौँ : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारती तानिएका छन् । भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ । राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो । ७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ । एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि उनले पुनः फर्किन धेरै प्रयास गरेका थिए । माडरका सशस्त्रका डीएसपी रामहरि खड्का पनि बाहिनीमा छानबिनका लागि तानिएका थिए । रामहरि खड्का सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापाका पीए बसेकाले उनीमार्फत् आइजीपी राजु अर्याललाई भनसुन गराएर फर्किने…

Read More