Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत फर्किएका छन्। उनी आफू चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरेर फर्किएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Read More

काठमाडौं : नेपाली काँग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पार्टीको तर्फबाट विपद्को यो बेला सरकार, राजनीतिक दल, सङ्घसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले काँग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरे। शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति भएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्। ‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

Read More

काठमाडौं : काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन्।  शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-१३  सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्।  चन्द्रागिरि नगरपालिका- ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना मानिस लडिरहेको भन्ने खबर प्रहरीले पाएको थियो। मृतकको शरीरमा सेनाको परिचयपत्र फेला परेको थियो। मृत्युको कारण नखुलेको एसपी ढुंगेलले बताए।

Read More

डडेल्धुराः कैलालीको  गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ११ बस्ने २१ वर्षीय खडक बिष्ट रहेका छन। गए राती करिव ८ः४० बजे साझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव साढे दुई बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं : आईसीसी विश्वकप टी- २० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान)को घोषणा गरेको छ । क्यानले शनिबार सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो । गए राति जाजरकोट केन्द्रबिन्दु भएको गएको भुकम्पमा सयौं मानिसले ज्यान गुमाएका छन् भने हजाराै घाइते भएका छन्।

Read More

काठमाडाैं : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ। ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन्। सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ। हेर्नुहोस् नामावली :

Read More

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका हुन्। ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभाविक क्षेत्रको निरिक्षणका लागि जाजरकोट पुगेका छन्।

Read More

दाङ: पश्चिम रुकुममा गए राति गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीकाे एक टाेली पश्चिम रुकुमका लागि प्रस्थान गरेकाे छ। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाकाे उद्धार टाेली त्यसतर्फ पठाइएको छ। जिल्लाबाट टाेलीले उद्धारका लागि आवश्यक पर्ने उद्धार सामग्री ,औषधी लगेकाे छ। कर्णाली प्रदेश सरकारकाे समन्वयमा उद्धार पठाइएको हाे। यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीकाे टाेली पठाउँदैछ। अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीकाे टाेली पठाउन थालिएकाे जानकारी दिए। दाङमा भने अहिलेसम्म भूकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

Read More

काठमाडौँ : शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिएका छन्। घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिएका हुन्। प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ गएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको…

Read More