Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः महेन्द्रनगरमा आइतवार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले हात पारेको छ। आइतवार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो।उपाधिसँगै १ लाख नगद हात पार्यो। एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो। महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतवार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो। एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे। लिटिलबुद्धका नरेन्द्र ऐडीले ३ विकेट, राजेश ऐरले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १०…

Read More

काठमाडौं: हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको छ । हुम्लाको सिमकोटदेखि ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा घाइते भएका पामा लामा, देवजंग बोहरा र ध्रुव शाहीलाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज (आइतबार) देखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको छ । दसैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।…

Read More

काठमाडौं : बर्दिया राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार पाँच सय घुस लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रवक्ता दाहालका अनुसार १४ हजार पाँच सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सूक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराए । उनले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए । प्रधानमन्त्री दाहालले भने, “एउटा बलियो र सार्वभौम…

Read More

कैलाली : नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका हुन् । ‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीमा चिल प्रवृत्ति छ उहाँले माथिल्लो तहबाट सबै नियालिरहनु भएको छ । यहाँ सबै नेता कार्यकर्ताहरूमा थोरै पनि त्यो गुणलाई समात्ने चिल प्रवृत्ति चाहियो’, उनले भने, ‘कुखुरा जस्तो अरूको शिकार हुने प्रवृत्ति चाहिएको होइन ।’ छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताए । नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व…

Read More

धनगढी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनताप्रति उत्तरदायी नभएको बताएका छन्। आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आसा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन्। ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ? ’ उनले भने, ‘जनतालाई माया नगरेपछि देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन।’उनले वर्तमान सरकारबाट देशको रक्षा हुन सक्ने अवस्था नरहेको बताए। एमाले नेतृत्वको सरकार पछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीले टिप्पणी गरे। ‘नेकपा एमालेले सरकार छाडेपछि…

Read More

धनगढी: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ। आज (आइतबार) धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी भएको हो। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका हुन्। ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरुले भीम रावल खोई ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरु भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए। अछामका रावल अहिले गृहजिल्लामै छन्। एमालेको दशौ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन। सम्बन्धित समाचार: भीम रावललाई एमालेको सुदूरपश्चिम अधिवेशनमा…

Read More

धनगढी : विद्रोही समूहले इजरायलमा गरेको आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुख व्यक्त गरेका छन्। आइतबार एक विज्ञप्ति निकाल्दै मुख्यमन्त्री शाहले घटनाको भत्सर्ना पनि गरेका छन्। उनले यस किसिमका आतंककारी क्रियाकलापबाट कसैको पनि हित नहुने कुरामा सबै सचेत रहन जरूरी रहेकोमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ- ´सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट ११ महिने लर्न एण्ड लर्न कार्यक्रम अन्तरगत नेपाल स्थित इजरायली राजदूतावाससँगको सहकार्यमा इजरायलमा रहेका ४९ जना विद्यार्थीमध्ये केही विद्यार्थी सम्पर्कविहिन तथा केही विद्यार्थी घाइते र अन्य विद्यार्थीहरू समेत लुकीछिपी रहेर बसेको जानकारी प्राप्त भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायल सरकार…

Read More

काठमाडौं : इजरायलमाथि हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीन छन् ।  सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा लोकेन्द्र धामी, राजेश स्वर्णकार, प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, आशीष चौधरी, गणेशकुमार नेपाली, नारायण न्यौपानेलगायत रहेको इजरायल बस्ने सुनिता गिरीले जानकारी दिइन्। १२ जना सम्पर्कमा नरहेकाे कुरा सरकारले नै पुष्टि गरिसकेकाे छ । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन्, तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ । अस्पतालमा उपचाररत रहेकाहरूमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल छन् ।…

Read More