Author: महेन्द्रनगर पोष्ट

मुस्ताङ: लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका आज बिहान १० बजेदेखि सञ्चालनमा आउन लागेको हो। नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। कोरोना महामारी फैलिने डरले चीनले उक्त नाका बन्द गरेको थियो ।

Read More

डोटी : डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको चिट्ठा उपहार कार्यक्रम ‘लक्ष्मीको नजर कसलाई ?’ मा ३ वर्षीय बालक सारांश भट्ट मुख्य विजेता वनेका छन्। आइतबार दिपायल पिपल्लामा खोलिएको चिट्टाबाट दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका सारांशले १५० सिसीको बजाज पल्सर मोटरसाइकल जितेका हुन्। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८० को उपलक्ष्यमा खेलाइएको चिट्ठा उपहार कार्यक्रममा सारांशका बुवाले छोराको नाममा चिट्ठा काटेका थिए । चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन् । उनले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस’ मोबाइल जितेका छन् । त्यस्तै, तेस्रो भएका शिखर नगरपालिका–२ मुडेगाउँका ऋषिराज जोशीले १० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका डोटी उद्योग वाणिज्य…

Read More

काठमाडौं : आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Read More

काठमाडौँ : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ। ‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ,’ उनले भने। महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए। दसैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो। जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो। असोज ३० गते एकसय…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’ इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रजिअ बस्नेतले बताए । उनले भने,‘आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’ काठमाडौँ उपत्यकामा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। नेपाललाई विश्वकपमा पुर्याउदाका आफ्ना प्रदेशका तीन खेलाडीलाई सुदूर सरकारले सम्मान गर्ने निर्णय लिएको हो। दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई ५/५ लाख दिने निर्णय गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। उनका अनुसार एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएकाका कारण उनलाई एकलाख बढी दिइने भएको हो। नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा…

Read More

धनगढी: डोटीमा जिप दुर्घटना भएको छ। बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका–२ बुहार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। जिप दुर्घटनामा चालक ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–२ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएको प्रहरीले बताएको छ। घाइते दुबै जनाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार थिए। जिप सडकबाट ६० मिटर तल खसेको थियो।

Read More

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो। दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो। गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय…

Read More

काठमाडौँ : यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More