Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : धादिङमा ४.२ रेक्टरकाे भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाैरले जनाएकाे छ। भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ। भूकम्पकाे क्षतिबारे हालसम्म कुनै जानकारी आएकाे छैन।

Read More

काठमाडौं : चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँका हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ…

Read More

डडेल्धुरा: प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्न डडेल्धुरा क्वालिफायर भएको छ। हिजो सम्पन्न फाइनल खेलमा अछामलाई ७ विकेटले स्तब्ध पार्दै डडेल्धुरा च्याम्पियन हुँदै क्वालिफायर भएको हो। अछामले दिएको ७४ रनको लक्ष्य डडेल्धुराले ८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा प्लेअर अफ द ओम्यान भएकी सुनिता साउँदले अविजित ४७ र निशा खडायले १४ रन जोडिन्। अछामका लागि अस्मिता औजीले २ र कविता सोनारले १ विकेट हात पारिन्। गत वर्षको प्रदेशस्तरीय छनौट प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेका डडेल्धुरा, दार्चुला, डोटी र अछामबीच क्वालिफायर गराइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका उपाध्यक्ष तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक रमेशबहादुर बोहराले जानकारी…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि सुरु भएको हो ।  शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए । आगामी दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको दुर्गम…

Read More

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै हुने भएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत कालोपत्र भइरहेको सडकको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किलोमिटर सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुनसकेको छैन । उक्त सडकको नौ दशमलव एक किलोमिटर कालोपत्रको कार्य आगामी फागुनदेखि सञ्चालन गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले बताए । “मौसम प्रतिकूल हुँदा कालोपत्रको काम अगाडि बढ्न सकेको छैन”, उनले भने, “चिसो हट्दै गएपछि कालोपत्रको कार्य सुरु हुन्छ ।” त्यसअघि सडकमा बेस र सवबेस राख्ने कार्य सुरु हुने उनको भनाइ छ…

Read More

कैलाली : पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताए । उनका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ४२ हजार तीन सय ७३ पुगेको छ । स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ८० हजार नौ सय ५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार चार सय ८३ जनाले स्वास्थ्य…

Read More

डोटी: डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ।  जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले  शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटना गएका थिए। 

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

Read More

धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ‘बि’ बाट युथ अफ टीकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको हो। शनिबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली बहुमुखि क्याम्पसलाई पराजित गर्दै समुह चरणमा जितसँगै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन बनाउन सक्यो। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो। साथै टीकापुरका गौतम केसी प्लेयर अफ द…

Read More

डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीमा भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका हुन्। १५ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।

Read More