Author: महेन्द्रनगर पोष्ट

पश्चिम रुकुम : जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा कार्य सुरू भएको छ । भग्नावशेष व्यवस्थापन र अस्थायी बनाउन एमालेबाट ११०० स्वयंसेवकको टोली पनि खटिएका छन् । २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम थालिएको स्वयंसेवक दस्ताका संयोजक एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । यो टोली १५ दिनसम्म यहाँ रहने छ । आवश्यकताअनुसार दिन बढ्न सक्ने बताइएको छ ।

Read More

काठमाडौँ: नेपाल प्रहरीमा ७ प्रहरी उपरीक्षक (एसपी) पद रिक्त छ। गत शुक्रबार पाँच एसपी बढुवा भएर ९प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएसँगै रिक्त पद संख्या ७ पुगेको हो। यतिबेला प्रहरी प्रधान कार्यालय रिक्त एसपी पद पूर्तिको तयारीमा लागेको छ। ७ एसपी बन्नका लागि एक दर्जन प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धा चलेको छ। वरीयताअनुसार प्रदीप क्षेत्री, अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे ९क०सहित १२ जना डीएसपीहरू एसपी बन्न प्रतिस्पर्धामा छन्। वरियतामा क्षेत्री, जीसी, खतिवडा, ढकाल, ओलिया, रञ्जितकार, भट्ट अघिल्लो सात नम्बरमा छन्। तर केही…

Read More

धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो। प्रदेश ट्राफिक र प्रहरीको टोली घटना स्थल तर्फ गएको छ। मिनी ट्रकमा केही मानिससमेत सवार रहेको खुलेको छ। घटनाको विवरण आउन बाँकी छ।

Read More

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका–२६, पवित्रनगरस्थित प्रविन गेस्टहाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा आइतबार साँझ प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–८ का ४२ वर्षीय सुरेन्द्र जबेगुसहितका व्यक्तिहरू छन् । नगद ६२ हजार ४०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबारै साँझ सोही गेस्टहाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाँचथरकै फाल्गुनन्द गाउँपालिका–४ की ४० वर्षीया एन्जिला लिम्बूसहितका व्यक्तिहरू छन् । नगद ४९ हजार…

Read More

काठमाडौं : चार दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन ढकालको शव आज सोमबार धादिङको कृष्णभीरमा भेटिएको हो । त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट उनको शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोली घटनास्थल पुगेको थियो । पत्रकार कमल सरगमका अनुसार ढकालको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको छ । शवलाई पोस्टमार्टमका लागि आजै काठमाडौं ल्याइँदै छ । शंका लागेका व्यक्तिविरुद्ध उनका परिवारले उजुरी दिने तयारी गरेको छ । पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर…

Read More

काठमाडौँ : सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा उक्त रकम सोमबार निकासा भएको प्राधिकरणको भनाइ छ । जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई…

Read More

बैतडी: बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-५ का २४ वर्षीय मुकेश चन्दलाई प्रहरीले पक्राउ गरेको हो। सवारी अंगभंग मुद्दामा सजाय तोकिएका चन्द फरार रहेका थिए। जिल्ला अदालत बैतडीले गत जेठ १८ गते सवारी मुद्दामा उनीमाथि तीन बर्षको कैद सजाय हुने फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहेका थिए। २०७८ माघमा भएको सवारी दुर्घटनमा उनीमाथि सवारी अंगभंग मुद्दा चलाइएको थियो। पक्राउ परेका चन्दलाई सोमबार अदालत पेश गरेर कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Read More

काठमाडौं : मङ्सिर ७ गते बिहीबार व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा एकैठाउँ गर्न नदिने निर्णय भएको छ। दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए। प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए। उनले भने, ´माइतीघर मण्डला लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिँड्नुपर्छ, दुवै पक्षसँग समन्वय गरेर हामी नयाँ कार्यक्रम स्थल तोक्छौँ।` प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ। युवा…

Read More

बझाङ : बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ। जिल्लाकाे केदारस्युँ गाउँपालिका -१ चाैडामकी अन्दाजी ४६ वर्षीया गंगादेवी भण्डारीकाे घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्युु भएकाे हाे। भण्डारी आइतबार दिउँसाे १:३० बजे साेही वडाकाे जाइझुली भन्ने भीरमा घाँस काट्ने क्रममा लडेकी भए पनि पारिवारले भने बेलुकी ७ बजे मात्रै थाहा पाएकाे बताएको छ।

Read More

काठमाडौं : नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताए। यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ। खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ। फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहेको…

Read More