Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ। मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ। नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवी र भारतको जौलजिवी बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ। काली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ। जोलजिवी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ। मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवी पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका…

Read More

डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय टेकबहादुर केसीको खाली घरमा श्रेष्ठ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

कैलाली: कैलालीको टीकापुरमा एक बेवारिस शव फेला परेको छ। प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवा स्थित खेतमा अन्दाजी ६० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन् । ती पुरुषको नाम, थर वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कञ्चनपुर: फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन्। पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्।’ बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ। ‘प्लास्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ’, उनले भने, ‘अब फूलले बजार पाउने आशा छ।’ कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता…

Read More

काठमाडौं: धादिङमा भूकम्प गएको छ। गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीयले बताएका छन्। धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

Read More

काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।  आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

रुकुम : नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्प पीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो । भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए । आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानी भेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।

Read More

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासका उपनियोग प्रमुख प्रसन्न श्रीवास्तव नयाँ दिल्ली गएका छन् । उनी भिस्तारा एअरको उडान नम्बर युके १५८ मा बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् । यसवीच आजै भारतीय लेफ्टिनेन्ट जनरल नवनित सिंह सर्ण पोखराबाट काठमाडौं आएका छन् । उनी दिउँसो ३ बजे तीन सदस्यीय टोलीका साथ यता आइपुगेका हुन् ।

Read More

काठमाडौं: तिहारलगत्तै बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्चसहित उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । कानुनमन्त्री धनराज गुरुङ देशबाहिर भएका कारण रोकिएको बैठक तिहारलगत्तै बस्न लागेको हो । न्यायपरिषद् स्रोतका अनुसार, अबको बैठकले सर्वोच्चसहित विभिन्न जिल्ला र उच्चमा मुख्य न्यायाधीश, न्यायाधीश र पछि जिल्ला अदालतको न्यायाधीश नियुक्ति गर्ने एजेण्डा तय भएका छन् । अहिले सर्वोच्चका लागि सात वटा कोटा खालि छ । उच्चमा ४० भन्दा बढी न्यायाधीश रिक्त छन् । नियुक्ति सकेपछि कारबाहीको फाइल शुरु हुन्छ । यसबीच न्यायपरिषद्बाट रामप्रसाद श्रेष्ठको कार्यकाल सकिने भएको छ । रामप्रसाद भण्डारी भने लक्ष्मीबहादुर निरालाको निधन भएपछि उनकै ठाउँमा नियुक्त भएकाले अरु…

Read More