Author: महेन्द्रनगर पोष्ट

बैतडी : भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन। झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुने उनले बताए। प्रजिअ पन्थीका अनुसार पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ। झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको प्रजिअ पन्थीले बताए। तोकिएको…

Read More

धनगढी: धनगढीमा योनीभित्र लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने २० वर्षीय अनुस्का सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हिरोइन बरामद गरिएको छ। त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागुऔषध निकालेको थियो। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको…

Read More

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको १२औं खेलमा भारत र पाकिस्तान आमनेसामने भएका छन् । भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गर्नेछ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । यसपटक पाकिस्तानले विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।

Read More

धनगढीः नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन्। प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने गरी सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले मुख्य सहर र बढी भीडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ। सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ। चाडपर्वका बेला विगतमा भारतबाट घर फर्कने नागरिक सिमानामा लुटिने, कुटिने तथा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारमा पर्ने गरेका थिए। यो पटक त्यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा र आवागमन व्यवस्थापन मिलाइने दुवै प्रहरी संगठनले जनाएका छन्। चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा…

Read More

काठमाडौं: मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनले इजरायलमा सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि अपिल गरेको छ। क्रान्तिकारी युवा संगठन, नेपालका सुदूरपश्चि प्रदेश संयोजक दीपेन्द्रसिंह ऐरीले वक्तव्य जारी गर्दै विपिन जोसलाई अविलम्ब नेपाल फर्काउनका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्। इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा कञ्चनपुरका विपिन सम्पर्कविहीन भएका छन्। उनीसँगैका विद्यार्थीहरूलाई भने सरकारले उद्धार गरेर नेपाल ल्याइसकेको छ। उनका साथीहरूले हमासले गिरफ्तार गरेको बताए पनि उनको बारेमा वास्तविकता खुलेको छैन।

Read More

काठमाडौं : इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपाली नागरिकलाई तेल अविव स्थित नेपाली राजदूतावासले ६ स्थिति सामान्य नबन्दासम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ ।  आज ६ बुँदे सुझाव सार्वजनिक गर्दै दूतावासले आफू रहेको क्षेत्र असुरक्षित बन्दै गएको अवस्थामा रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको छ । यस्ता छन् सुझाव१. स्थिति सामान्य नबन्दासम्म घरवाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरिन्छ। २. पछिल्लो समय गाजा आसपास सहित ईजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र ईजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरुलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ…

Read More

धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ पर्सि धनगढी आउने भएका छन्। २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका लागि प्रचण्ड धनगढी आउन लागेका हुन्। प्रचण्ड भोलि नेपालगन्जसम्म हवाइजहाजमा र त्यहाँबाट सडकमार्ग हुँदै गाडीमा धनगढी आउने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो। यसअघि २ पटक मोर्चाको सन्देश सभा तथा भेला स्थगित भएको थियो। एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि सभा अनिश्चितकालका लागि स्थगित भएकोमा पछि एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण अर्कोपटक भेला स्थगित भएको थियो।

Read More

धनगढी : भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ। नगर क्षेत्रमा लागुऔषध दुर्व्यशनी बढ्दै जान थालेपछि बेलौरी नगरपालिकाले न्यूनीकरण र नियन्त्रणका लागि त्यसविरुद्धको महाअभियान सुरु गरिएको जनाएको छ। भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्ष लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएकाले तिनलाई नियन्त्रण गर्न महाअभियान सञ्चालन गरिएको नगर प्रमुख पोतीलाल चौधरीले बताए। चौधरीले समाजमा विकरात रूपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए। ‘आजदेखि हामीले अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामूलक कार्यक्रम गछौं।’ बेलौरीमा दुर्व्यसनीमा फसेका ९१ जना युवा लागुऔषधसम्बन्धी मुद्दा खेपिरहेका…

Read More

काठमाडौं : आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुदै छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ। जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २/२ खेल जितेर शानदार शुरुवात गरेका छन्। भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो। पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ। ​ एकदिवसीय विश्वकपमा भारत र…

Read More

बाजुरा : बाजुरामा रहेका खाद्य डिपो नाम मात्रैका रहेका छन्। दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बाजुराका विभिन्न ठाउँमा खाद्य सामग्री वितरण गर्ने भनेर व्यानर टाँसे पनि ती ठाउँमा केही नपाउने गरेको हो। बाजुराको कोल्टी कवाडी लगायतका खााद्य डिपोहरू बन्द गरिएका छन्। बाजुराको कोल्टी क्षेत्र झन खाद्य संकट हुने क्षेत्रको रूपमा रहेको भए पनि सो क्षेत्रका खाद्य डिपोहरूमा चामल नभएको खाद्य व्यापार कम्पनी बाजुराका प्रमुख मेखराज ओझाले बताए। ‘कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द छ। कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रमा समेत चामल छैन्,’ ओझाले भने, ‘माथिबाट निर्देशन…

Read More