Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Read More

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ । प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । यसको मतलब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक-पटक म्याद थप्दै आएको छ । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठको १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो । तर फेरि पनि म्याद…

Read More

बारा : कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् । चाडबाडको बेला शान्ति सुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्ति सुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए । साइकल हस्तान्तरितता नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागूपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति सुरक्षा बहाल…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान-अवतरण भएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दशैंको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । २९ असोजमा अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट झण्डै चार लाख मूल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ र वडा नम्बर ६ बाट अबैध सामान जफत गरिएको प्रहरीले जनाएको छ। तीन लाख ७९ हजार नौ सय मुल्य बराबरका कपडा, बिजुलीका सामान र भाडा वर्तन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्। जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो। दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो। दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

ढोरपाटन (बागलुङ) : गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । “यसपालि दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभई दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि बिहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ । मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन्…

Read More

काठमाडौँ : भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। शनिबार बिहान भोजपुरको आमचोक गाउँपालिका-६ टेङलुङछुकस्थित जङ्गलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको भोजपुर प्रहरीले जनाएको छ । ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले छोरी खेलिरहेको बेला हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। बिहीबारदेखि प्रहरीले बालिकाको खोजी सुरु गरेको थियो। अन्तिमपटक तिनै अभियुक्तसँग बालिकाको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। नियन्त्रणपछि सोधपुछ गर्दा अभियुक्तले घटना स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। अभियुक्तले दिएको जानकारीका आधारमा प्रहरीले गुफाबाट बालिकाको…

Read More

डडेल्धुराः डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले दसैंको अवसरमा डडेल्धुरा अस्पतालमा उपचाररत बिरामी, उनीहरुका कुरुवा र कर्मचारीलाई फलफूल वितरण गरेको हो। बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ५० जनालाई फलफूल वितरण गरिएको हो। ‘नेपाली काँग्रेसले दसैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘डडेल्धुरामा हामीले बिरामीलाई फलफूल वितरण गरेका हौं । त्योसंगै शुभकामना आदानप्रदान पनि गरिएको छ ।’

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । शनिबार महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । सोहीअनुसार प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष…

Read More