Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि गाडी चालक बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको वलीले बताए । वलीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी…

Read More

डोटी : डोटीमा जीप दुर्घटना भएको छ । जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।

Read More

बबझाङ : झाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जीप चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् । २५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै…

Read More

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ। प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। गत वर्षको दसैँमा पनि प्रधानमन्त्री प्रचण्डले आफूले टीका लगाएका थिएनन्। परिवारलाई भने उनले टीका लगाइदिएका थिए। दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको उनले जानकारी दिए। गएको असार २७ गते प्रधानमन्त्रीपत्नी दाहालको निधन भएको थियो।

Read More

कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् । यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो । त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त…

Read More

काठमाडौं : बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । बिहीबार उनी दुईदिने भ्रमणका लागि इजरायल पुगेका हुन् । इजरायलमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपतिसँग भेट गरेका छन् ।  प्रधानमन्त्री नेतन्याहुसँगको भेटमा बेलायती प्रधानमन्त्री सुनकले हमासलाई सजाय दिने इजरायली अधिकारको सम्मान गर्ने बताएका छन् । साथै उनले हमासले भन्दा इजरायले नागरिकलाई कम क्षति गर्ने प्रयास गरेको बयान दिएका छन् । उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै हमासविरुद्ध इजरायलले गर्ने कारबाहीको सम्मान र समर्थन रहेको बताएका छन् । राष्ट्रपतिसँगको भेटमा गाजामा मानवीय सहायताका लागि भएको घेषणाको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार, सुनक र राष्ट्रपति हरजोगले गाजामा प्यालेस्टाइनी नागरिकलाई…

Read More

काठमाडौं : हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।  नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। उनलाई चीन भ्रमणकै क्रममा बेला बिहीबार बिहान बेइजिङमा हृदयघात भएको थियो। त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।

Read More

कैलालीः कैलालीका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलीका अन्दाजी  १९ हजार ३ सय ७० मूल्य बराबरको चिनी, मिठाई, नरिवल, खुर्सानी लगायतका सामान, टिकापुर नगरपालिका–७ सोनाफाटाबाट अन्दाजी ४६ हजार मूल्य बराबरको लेडिज सुट, साडी लगायतका सामान बरामद भएको छ। यस्तै भजनी नगरपालिका–७ कुरुवा घाटबाट अन्दाजी ९ हजार मूल्य बराबरको अबैध बोईलर कुखुरा र भजनी नगरपालिका–८ कृष्णनगरबाट अन्दाजी ६ हजार मूल्य बराबरको सुर्ती, सलाई, बिडी लगायतका सामान गरि जम्मा ८० हजार ३ सय ७० मूल्य बराबरको सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी…

Read More

धनगढीः कैलालीबाट लागुऔषधसहित एक युवतीसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीको नँया बस्तीबाट १ ग्राम लागुऔषधसहित सोही ठाँउका ३० वर्षीया दिपा बिष्ट र २३ वर्षीय भुपेश थापा बिहीवार साँझ पक्राउ परेका हुन्। लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ स्याउले बजारबाट १.०७ ग्राम लागुऔषधसहित सोही नगरपालिका–२ का २१ वर्षीय पवन धामी र भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्ने २३ वर्षीय कुश कार्की बिहीवार पक्राउ परेका हुन्। यसैगरि सोही ठाँउबाट ०.१० मिलिग्राम लागुऔषधसहित दोधाराचाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्कीसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी मोटरसाइकल २ थानसहित चार जनालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More